john-cafazza-AeABkasP-24-unsplash

१ थेसलोनिकीको पुस्तकको परिचय (पद १-४)

सहरको पृष्ठभुमी

थेसलोनिकी माकेडोनिया सेकुन्दाको राजधानी थियो । माकेडोनका फिलिपका ज्वाइँ क्यासेन्डरले ३१५ इ.पू. मा यो सहर निर्माण गरेको थियो । अलेक्जेन्डर महानका चार प्रमुख सेनापनिहरुमध्ये एक क्यासेन्डर थिए जसले आफ्नो श्रीमती थेसलोनिकेको नाममा यस सहरको नाम राखे । माकेडोनियाको उच्च जनसङ्ख्या भएको सहरहरुमध्ये यो एक राजधानी सहर थियो । पावलको समयमा यहाँ सम्भवत् २ लाखभन्दा बढी मानिसहरु बसोबास गर्थे । त्यस बेला यो सहर संसारको केन्द्रसरह थियो भने अहिले पनि यो सहर ग्रीसको दोस्रो प्रमुख सहर मानिन्छ । पछी गएर अगस्टसले यस सहरलाई एथेन्स्सरह स्वतन्त्र सहर तुल्याए जहाँ कुनै रोमी सिपाहीद्वारा हस्तक्षेप थिएन । तिनीहरु स्वतन्त्र थिए र त्यहाको प्रशासन स्थानीय शासकहरुद्वारा हुन्थ्यो । त्यसकारण राज्यको विषयमा प्रचार गर्नु तिनीहरुले खतराको कुरा मान्दथे ।

पावल कोरिन्थमा करीब २ वर्षसम्म थिए (प्रे. १८ः११, १८) । तिनले थेसलोनिकीका दुवै पत्रहरु यहाँबाट लेखेको हुनुपर्छ । तिमोथीलाई सुरुमा फिलिप्पीमा छोडिएको थियो तर पछि बेरियामा पावलसँग एक हुन्छन् र सँगै एथेन्स्मा यात्रा गर्छन् । पावलले तिमोथीलाई थेसलोनिकीमा पठाइदिन्छन् र त्यहाँबाट फर्केर आएर ल्याएको खबरको प्रतिक्रियास्वरुप यस पत्र लेख्दछन् (१ थेस् ३ः६–७; प्रे. १८ः५) । त्यहाँको मण्डलीको अवस्था बुझेर तिमोथीले पावलले समाचार सुनाए । त्यस मण्डलीले पावल, सिलास र तिमोथीलाई व्यक्तीगत रुपमा चिन्दथे ।

पावलले अभिवादनको मार्पmत आपैmलाई र आफ्ना सहकर्मीहरुका परिचय दिएका छन् । यस पत्र लेख्दा पावल सिलास र तिमोथी सँगै थिए । “सिलास” लाई रोमी भाषामा “सिल्भानस” पनि भनिन्छ । तर पावल र लूकाले सिलास नै प्रयोग गर्छन् (प्रे. १५ः२२; २ कोर. १ः१९) । थेसलोनिकीको मण्डली पावलको दोस्रो मिशेनरी यात्रामा स्थापित भयो जुन बेला तिमोथी र सिलास पावलका प्रमुख सहकर्मी थिए (प्रे. १५ः४०) । आफ्नो प्रथम मिशेनरी यात्रामा पावले तिमोथीलाई विश्वासमा डो¥याएको हुनसक्छ (१ तिमो. १ः२; प्रे.१३–१४; १६ः१–५) थेसलोनिकीको पुस्तकमा पावलले आफ्नो विषयमा धेरै उल्लेख वा व्याख्या गरेका छैनन् । यसको अर्थ थेसलोनिकीहरुसँग पावलको सम्बन्ध असल र मजबुत भएको हुनुपर्छ ।

 

पद १-४

पद १. मण्डली (ग्री. एकलेसिया ) भनेको संसारबाट परमेश्वरको निम्ति अलग्याइएको समूह हो जहाँ यहूदी वा अन्यजातिमा केही भिन्नता हुदैन । यस शब्दले जस्तो सुकै समूह (समाजिक, राजनैतिक वा धार्मिक) बुझाँउछ । यस शब्दलाई ग्रीक अनुवादमा “सभाघर” प्रयोग गरिएको छ जुन पावलले यहूदी र अन्यजाति दुईलाई सवोधन गर्न प्रयोग गरे । आज हामी मण्डली भनेको केवल भवन मात्र नभएर पृथ्वीबाट उहाँको सभामा बोलाइएकाहरु हौँ ।

यहाँ पाववले येशू ख्रीष्टलाई “प्रभु” भनेर परमेश्वरसमान प्रस्तुत गरेका छन् । हाम्रो परमेश्वर केवल प्रेमीलो र शक्तीशली मात्र हुनुहुन्न तर उहाँ प्रभु हुनुहुन्छ जसलाई सबैले आदर र आज्ञापालन गर्नुपर्छ ।
परमेश्वरले कसैसँग उहाँको महिमा साटफेर गर्नुहुन्न । तर ख्रीष्टसँगमात्र एकतामा भई साट्नुभएको छ । (यशैया ४२ः८, प्रकाश ५ः१३) ।
“अनुगह”(ग्री. काइरेन) शब्द सामान्य अभिवादनमा प्रयोग हुने शब्द हो जसको अर्थ उत्सासित वा आनन्दित हुन पनि हो । “शान्ति” भनेको सु–स्वस्थ वा सम्पन्नमा रहनु हो । अनुग्रह सित्तैमा पाइने परमेश्वरबाटको निगाह हो । शान्ती परमेश्वरबाटको अनुग्रहको परिणाम हो । ख्रीष्ट येशूद्वारा परमेश्वरसँग भएको मिलापको परिणाम स्वरुप पाइने अवर्णनिय भाव शान्ति हो ।
पहिलो दुई अध्ययहरु व्यक्तिगत छन् र बाँकी व्यवहारिक छन् ।

पद.२ सबैभन्दा प्रथम कुरा धन्यवाद दिनु हो र यो निरन्तर हुनुपर्ने कुरा हो (५ः१८; २ कोर. ४ः१५; ९ः११) । ख्रीष्टको आत्मा यस्तो तेल हो जुन प्रशंसाको बलीबाट तिरन्तर बलिरहन्छ । “निरन्तर” भन्नाले हरेक क्षण नभएर सकेसम्म धेरै भन्न खोजिएको हो ।

पद. ३ तीन कुराहरु पावलका निम्ति विशिष्ट ठहरिएका छन् । विश्वासको काम, प्रेमको परिश्रम र धैर्यको निरन्तरता । धैर्य भन्नाले कष्टमा पनि सक्रियतासाथ लागिपर्नु हो । प्रेमको परिश्रम भनेको नथाकुञ्जेल मेहेनत गर्नु हो । उहाँलाई प्रेम गर्न हामीले धेरैपटक साधरण रुपमा मात्र नभएर परिश्रम गर्नुपर्ने हुन्छ । थेसलोनिकिका मानिसहरु कष्टमा पनि ख्रीष्टको प्रेममा रहिरहेका छन् जसको धैर्यको फल उहाँको भावी आगमनमा हुँदछ (१ कोर. १३ः१३) ।
ग्रीकमा प्रेम शब्द ‘स्टोर्गे’, ‘इरोस’, ‘फिलियो’ र ‘अगापे’ हुँदछ । अगाप्पे प्रेम भनेको परमेश्वरीय प्रेम हो जुन विनासर्त र पूर्ण रुपमा समर्पित हुँदछ (१ यूह. ४ः१०) । विश्वास, आशा र प्रेम एक अर्कामा सम्बन्धित छन् (१ कोर. १३ः१३; गला. ५ः५; कल. १ः४; हिब. ६ः१०–१२, १०ः२२–२४; १ पत्र. १ः२१) । विश्वास विगतको कुरारमा आधारित रहन्छ, प्रेम वर्तमान समयमा क्रियाशील हुँदछ र आशाले भविष्यलाई हेर्दछ । मण्डली यी तीन कुराहरुद्वारा अलग्याइएको हो जसले ख्रीष्ट येशूलाई केन्द्रविन्दुमा राखेको हुँदछ । विश्वास भनेको आफ्नो विवेकलाई व्यवहारमा ल्याउनु पनि भन्न सकिन्छ ।

पद. ४ “भाइ” शब्द पावलले यस पूस्तकमा मात्रै १४ पटक र २ थेसलोनिकीमा ७ पटक प्रयोग गरेका छन् । यस शब्दले त्यहाँका विश्वासीहरुप्रति पावलको आत्मियता र उत्कट भावना व्यक्त गर्दछ । “परमेश्वरका प्रिय” शब्द यहूदीहरुले प्राय पुरानो करारका मोशा र शोलोमोनजस्ता प्रमुख व्यक्तित्वहरुसँग मात्र जोड्ने गर्थे । तर आज यस्तो अधिकार परमेश्वरबाट चुनिएको हामीजस्ता साधरण अन्यजातिहरुसँग पनि आएको छ ।

परमेश्वरबाट चुनाव– परमेश्वरको सार्वभौम चुनाव र मानिसको स्वइच्छा बारे लामो समयदेखि विवाद भएको कुरा हो । यस पदलाई हे¥यौँ भने यहाँ “प्रिय” शब्द प्रयोग गरिएको छ । परमेश्वरबाट चुनिएको सधै परमेश्वरको प्रेममा रहदछ । अर्को शब्दमा भन्दा परमेश्वरले उहाँको प्रेमअनुसार हामीलाई चुन्नुहुन्छ । यदि हामी परमेश्वरबाट चुनिएका हौ भने हाम्रो मुक्ति हाम्रो कर्ममा आधारित नभएर पूर्ण रुपमा उहाँमा आधारित छ । यदि मुक्ति कर्ममा निर्भर हुने भए हामी सबै पापको दयनीय अवस्थामा हुनेथियौ ।
प्रेम र इश्वरीय चुनाव एक अर्कामा सम्बन्धित छ । कसै–कसैले भन्छन् कि परमेश्वरले स्वर्ग जाने र नरक जाने व्यक्ति तय गरिसक्नुभएको छ । तर यदि हामी परमेश्वरको स्वभाव हेर्छौ भने उहाँ प्रेम हुनुहुन्छ । उहाँले जे गर्नुहुन्छ त्यो प्रेमद्वारा परिचालित भएर गर्नुहुन्छ । उहाँले कसैलाई चाहेर नरक पठाउन चाहनुहुन्न । तर आफ्नो सार्वभौमतामा उहाँले मानिसलाई स्व–इच्छा दिनुभएको छ र मानिसको इच्छाभन्दा माथी रहेर त्यसविपरित उहाँले गर्नुहुन्न ।
परमेश्वरबाट चुनिएको कसरी थाहा गर्ने ? यो मानिसको नयाँ परिवर्तित जीवनद्वारा प्रमाण हुँदछ ।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *