josh-applegate-E_-URe754nM-unsplash

भजनसंग्रह ६४ — जीवनको युद्ध

यो भजन लेख्दा दाऊद सायद शावलको दरवारमा सेवा गर्दै थिए (१ शमू १८–२०) । दाऊदलाई थाहा थियो कि शाऊद उनको सत्रु हो र सबै अधिकृतहरु पनि उनको विरुद्ध षड्यन्त्र रच्दै थिए । यद्धपि दाऊद अभिषित्त जन भएपनि शाऊलको विरुद्ध लाग्ने प्रयास गरेनन् र अधिकार पनि थिएन । तसर्थ अन्तमा एक शरणार्थीको रुपमा दाऊद भाग्दै हिड्नुप¥यो ।

यो रोचक छ कि मानिसहरु मृत्यु भन्दा पनि मृत्युको डरले बढी क्रसित हुने गर्छन् । शैतानले तपाईंको विरुद्ध प्रयोग गर्ने सबैभन्दा प्रमुख औजार भनेको डर हो । डरले मानिसलाई अचल बनाईदिन्छ । धेरैपटक शैतानले मानिसको हृदयमा डर हालिदिएर कमजोर बनाईदिन्छ । यहाँ दाऊद भन्दैछन्, “मैले उजूर गर्दा मेरो पुकारा सुन्नुहोस्, हे परमेश्वर, शत्रुको डरबाट मेरो ज्यानलाई जोगाइदिनुहोस् ।”

फ्रान्सको प्रसिद्ध अगुवा नेपोलियनका अनुसार, “प्रमुख अगुवामा हुनुपर्ने गुण भनेको परिस्थितिलाई चित्रण गर्न सक्नु हो । कुनै पनि असल वा खराब समाचारले ऊ परिचालित वा अलमल्ल हुनुहुन्न ।”

पद १. यहाँ दाऊदले शत्रुभन्दा पनि शत्रुको डरबाट बचाउनुहोस् भनी प्रार्थना गर्दैछन् ।

पद २. अहीतोपेलले अबशालोमसँग मिलेर दाऊदको विरुद्ध षड्यन्त्र गर्ने योजना गर्दै थिए । दाऊदले त्यस बेला प्रार्थना गरे, “हे परमप्रभु, अहीतोपेलको सल्लाहलाई व्यर्थ तुल्याईदिनुहोस्” (२ शमू १५ः३१) । अबशालोमले त्यस षड्यन्त्र सुनेनन् र दाऊदलाई ठूलो समस्याबाट परमेश्वरले जोगाउनुभयो । अहीतोपेल अन्तमा आपैm भूmन्डेर मर्नुभ¥यो (२ शमू १७ः२३) ।

पद ३. यहाँ जिब्रोलाई तरवारसँग तुलना गरिएको छ जसले जीवन र मृत्युको निर्णय गर्दछ । सम्पूर्ण भौतिक अस्त्र–शस्त्र भन्दा पनि घातक जिब्रोको वचन हुने गर्दछ । मानिसको हृदय साँच्चै गहन र धूर्त हुन्छ (पद ६) जुन बोलीवचनबाट पनि प्रकट हुन्छन् । शैतान आपैm पनि छलको पिता भनिएको छ ।

पद ४.दाऊद एक लडाकुँ भएकोले गुप्तबाट धनु आक्रमण गर्नु भनेको थाहा थियो । आमनेसामने लडाई गर्न दाऊद सक्षम थियो तर आकष्मक गुप्तबाट आक्रमण गर्नु बढी जोखिमपूर्ण हुँदछ । यसबाट बच्न आफ्नै शक्ति नभएर परमेश्वरबाट सहायता चाहिन्छ ।

पद. ५ धेरै पटक मानिसहरु दृष्ट काम गर्द एक अर्कालाई प्रोत्साहन गर्छन् । असल काम गर्न मानिसबाट समर्थन नमिलेको अवस्थामा खराब काम गर्न सहायता पाइन्छ । मानिस स्वभावले पापी भएकोले खराबीमा उत्तेजित हुने गर्दछ । तर दाऊदले भने परमेश्वरबाट प्रोत्साहन पाउदथे । जब आफ्नो मानसहरुले पनि दाऊदलाई ढुङ्गा हान्न लागे तब उनले परमेश्वरबाट बल पाए (१ शमू ३०ः६) ।

पद ६. “साँच्चै मानिसका मन र हृदय धूर्त हुन्छन् ।” । हिब्रूमा मानिसको विचार गहिरा हुन्छन् भनिएको छ । अर्थात् हृदयबाट आउने कुराहरु अनगिन्ती र निरन्तर दुष्ट हुदछ । यो पदले सबै मानव जातिको अवस्थालाई देखाउदछ ।

पद ७. दुष्ट मानिसहरुको काँड परमेश्वरले तिनीहरुमाथी नै फर्काइदिनुहुन्छ । याकूबले आफ्ना बाह्र छोराहरुलाई आशिर्वाद दिँदा योसेफलाई भने, “धनुर्धारीहरुले त्यसलाई ज्यादै दुःख दिए, त्यसको खेदो गरे । तैपनि त्यसको धनु दह्रो नै रहे ।” (उत. ४९ः२३) । कल्पना गर्नुहोस् कि तपाई कान्छा छोरा योसेफ हुनुहुन्छ र तपाईंको दाजुहरुले डाही भएर विनाकारण खाल्टोमा मर्नलाई छोडिदिए । यस्ता काँडहरु योसेफको जीवनमा बारम्बार आए । पोतिफरको श्रीमतीबाट आरोप अनि विनाकारण मिश्री जेलमा कैद भएर बस्नुप¥यो । योसेफ यसरी अवसरमा पनि परिक्षाबाट उम्कन सक्नुको कारण “परमेश्वरको शक्तीशाली हातद्वारा” हो (उत ४९ः२४) । परमेश्रले नै तिनलाई शक्ती दिनुभयो र पासोबाट बचाउनुभयो ।

पद ८. एक दिन संसारको हरेक दुष्टताको अन्त हुनेछ । परमेश्वरको न्यायको सामुन्ने दुष्टहरु भय र शर्ममा पर्नेछन् । तर परमेश्वरका छोराछोरीहरुको रक्षा उहाँले गर्नुहुनेछ ।

पद ९. परमेश्वर नै हाम्रो मुक्ति र शक्ति हुनुहुन्छ । हामी विरुद्ध आएका षड्यन्त्र र जिब्रोका काँडहरु उहाँले शत्रुहरुमाथी नै फर्कादिनुहुन्छ । दृष्ट मानिसको सहायता र बल कम हुदैजान्छन् र अन्तमा तिनीहरु हाँसोको पात्र हुन्छन् ।

पद १०. ढिलो वा चाडो दुष्टको पतन हुनेछ र अन्तमा धर्मीजनहरु आनन्दित हुनेछन् ।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *