You are currently viewing १ थेसलोनिकी १ः५-१० सत्य वचनको प्रभाव

१ थेसलोनिकी १ः५-१० सत्य वचनको प्रभाव

पद ५. परमेश्वरले दिनुभएको उहाँको वचन र उहाँको आत्मालाई कहिल्यै अलग गराउन सक्दैनौँ (एफि. ६ः१७) । पवित्र आत्माको स्वरुपमा उहाँले आपैmलाई हामीमाँझ दिनुभएको छ (१ थेस. ४ः८) । उहाँको बेवास्ता गर्नु वा उहाँबाट वञ्चित हुनु भनेको “आत्मालाई निभाउनु” हो (१ थेस. ५ः१९) । वचन बिना आत्मामात्र हुनु हतियारबिनाको सिपाहीसरह हो, र आत्माबिना वचनमात्र हुँदा कुनै शक्ति हुदैन । हाम्रो जीवनमा पनि परमेश्वरको वचन र पवित्र आत्मा सन्तुलित रुपमा हुनुपर्दछ । पावलको प्रचार केवल वचनमात्र नभएर व्यवहारमा लागु भएको थियो । यहाँ थेसलोनिकीका मानिसहरुले वचन सुनेर त्यसप्रति क्रियाशिल भएको देख्दछाँै । पहिलो शताब्दीका मानिसहरुले त्यस्ता शिक्षक वा अगुवालाई मात्र मान्थे जसले आफ्ना वचन र व्यवहार दुवैले प्रचार गर्थे ।
पावल थेसलोनेकिमा हुँदा त्यहाँका यहूदीहरुले विरोध गरे । त्यसपछि बेरियामा पनि दङ्गा सुरु भयो (प्रे. १७ः५; १३) । कष्टको समयमा पनि पवित्र आत्माको आनन्द र शक्तिद्वारा पावल निरन्तर सेवा गर्न सके ।

पद ६. सत्यको सुसमाचार सुनाउदा प्राय विरोध भइनैरहन्छ । किनकी सत्यको वचनले मानिसको भित्री अहम वा पाप प्रकट गराउँछ । वचनले मानिसको जीवनशैली र व्यवहारलाई चुनौती दिदछ । थेसलोनिकीका मानिसहरु कष्टमा पनि वचन ग्रहण गरे । इसाईहरुले कष्ट भोग्नु नौलो कुरा होइन भनेर त्यस बेलाका मानिसहरुले बुझेका थिए र नयाँ करारका लेखकहरुले पनि यस बारे चुनौती दिएका छन् (यूह. १६ः३३; प्रे. १४ः२२) । तर कष्टको साथसथै आनन्द पनि आउने गर्दछ ।

पद ७–८. पावलले यहाँ धेरै नै थेसलोनिकीहरुका धेरै नै प्रशंसा गरेका छन् जुन अन्य मण्डलीलाई छैन । कोरिन्थको मण्डलीलाई देख्दा पावल दुखित थिए (१ कोर. २ः३) । केवल अन्यजातिहरुमात्र नभएर टाढाका यहूदीहरुका निम्ति पनि थेसलोनिकीहरु प्रचार गर्ने नमुना मण्डली भएका छन् । परमेश्वरको कामको फलद्वारा केवल एक व्यक्तिमात्र नभएर अन्यहरु पनि आशिषित हुदछन् ।
प्राचिन ग्रीक सम्राज्यलाई रोमीहरुले विभाजन गर्दा उत्तर र दक्षिणतmर्पm पर्ने भूभागहरु माकेडोनिया र अखैया हुन् । थेसलोनिकीहरुका विश्वासको गहावी निरन्तर रुपमा पैmलिरह्यो । अहिलेको आधुनिक सञ्चार माध्यमभन्दा त्यस बेलाको मौखिक प्रसार बढी प्रभावकारी थियो ।

पद ९. ‘फर्किनु’ भन्नुको अर्थ पुरानो शैली पूर्ण रुपमा त्यागी परमेश्वरमा बफादारी भई लाग्नु हो । त्यस बेला मूर्तिपूजा प्राय अन्यजातिहरुले गर्ने गर्थे । तसर्थ थेसलोनिकीमा प्रभुमा आएकाहरु धेरै सङ्ख्यामा अन्यजातिहरु थिए । तिनीहरुका विश्वास र प्रेमको प्रमाण यहि थियो कि तिनीहरुले मूर्तिलाई छाडेर साचो परमेश्वरको सेवा गरे (तितस २ः११–१३) ।
आज मूर्तिपूजा हाम्रो समाजमा विभिन्न स्वरुपमा छन् । मूर्ति भन्नाले परमेश्वरको स्थान ओगट्ने कुनै पनि वस्तु वा विचार हुनसक्छ । के आज हामी त्यस्ता मूर्तिहरुबाट पूर्ण रुपमा फर्केका छौँ ?
हरेक मूर्तिपूजक दासत्वमा परेको एक कैदीसरह हो । “हामी जस्तो इश्वरको सेवा गर्छौ त्यस्तै हुन्छौँ” (भजन. १३५ः१८) ।
हामीले मुक्ति प्राप्त गर्न कुनै भौतिक थोक त्यागेर मात्र हुदैन तर ख्रीष्ट येशूलाई ग्रहण गर्नुपर्दछ ।

पद १०. ख्रीष्ट पुनरुत्थान हुनुभएर उहाँको वचन पुरा गर्नुभयो । परमेश्वरको क्रोधबाट बचाउनलाई नै येशू हाम्रो निम्ति मर्नुभएको हो । परमेश्वरको पवित्रताको विरुद्ध उठ्ने हरेकको विरुद्ध उहाँले पवित्र क्रोध घन्याउनुहुन्छ । तर त्यस क्रोध र न्यायबाट उहाँकाहरुलाई भने बचाउनुहुन्छ ।

Leave a Reply