You are currently viewing व्यवस्थाको उदेश्य (गलाती ३ः११-२१)

व्यवस्थाको उदेश्य (गलाती ३ः११-२१)

१२. व्यवस्थाचाहिँ विश्वासमाथि आधारित छैन, बरु “जुन मानिसले यो काम गर्छ, त्यो तिनैद्वारा जिउनेछ ।”
व्यवस्था र कर्म एकअर्कामा सम्बन्धित छैनन् (लेवी १८ः५) । व्यवस्थाको अधिनमा सत प्रतिशत सिद्ध कामद्वारा मात्र परमेश्वरलाई प्रसन्न पार्न सकिन्छ । तर यसो हुन असम्भव भएकोले आपैmलाई परमेश्वर अघि विश्वासको चरणमा ल्याउनुपर्छ (याक २ः१०) । यहाँ पावलले तिनैद्वारा जिउनेछ भन्नुको अर्थ असम्भव छ भनेको हो ।

१३. हाम्रा निम्ति सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकी “काठमा झूण्डिने हरेक श्रापित हुन्छ” भन्ने लेखिएको छ ।
पावलको सकारात्मक सन्देश यो छ कि व्यवस्था भङ्ग गरेर श्रापमा हुनेहरुका निम्ति आशा छ । त्यो आशा येशू ख्रीष्ट हुनुहुन्छ । उहाँलाई हामीलाई दास भएको अवस्थामा किन्नुभयो । पापलको दासले पाउनुपर्ने मृत्युदण्ड उहाँले लिनुभयो । यसरी पापी दासको सम्पूर्ण श्राप येशूमा स¥यो, जो सिद्ध हुनुहुन्थ्यो (१ पत्र ३ः१८) ।
पूरानो करारमा अपराधीलाई ठूङ्गाले हानेर मृत्युदण्ड दिइन्थ्यो र त्यसपछि त्यसको लाश सार्वजानिक स्थलमा प्रदर्शन गरिन्थ्यो जसले परमेश्वरबाट तिरस्कार भएको देखाउछ (व्य २१ः२३) । येशू क्रूसमा हुनुहुँदा यो प्रमाण हुन्छ कि उहाँ परमेश्वरको श्रापमा पर्नुभयो (१ पत्र २ः२४) । उहाँ जुन प्रकारले मर्नुभयो त्यो यहूदीहरुको निम्ति घृणस्पद थियो र तिनीहरुका विश्वासमा वाधा भयो । तर उहाँले बोक्नुभएको श्राप वास्तवमा तिनीहरुका निम्ति नै थियो (यशै ५३; भजन २२) । क्रूसमा हुनुहुँदाको अन्तिम ३ घण्टा उहाँ श्राप बन्नुभयो । उहाँलाई चकनाचुर पार्न र कष्टमा पार्न परमेश्वर प्रशन्न हुनुभयो (यशै ५३ः१०) । गन्ती २१ः६–९ मा भएको कासका सर्पले येशू ख्रीष्टलाई चित्रण गर्दछ (यूह ३ः१४–१५) ।
गलातीका मानिसहरुले सोचे कि ख्रीष्टले उद्वार गर्नुहुँदा आधा दाम दिर्नुभयो, तर बाँकी तिनीहरुले कर्म र यहूदी प्रथाहरुद्वारा तिर्नुपर्छ । त्यसैले झूटा शिक्षकहरुबाट तिनीहरु सजिलै प्रभावित भए । तर वास्तवमा ख्रीष्टले पूर्ण मोल तिरेर श्रापमुक्त पार्नुभयो ।

१४. उहाँले हामीलाई मोल तिरेर छुटाउनुभयो, ताकि अब्राहामलाई दिइएको आशिष् ख्रीष्ट येशूद्वारा अन्यजातिहरुमा आओस्, र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौं ।
यहाँ दुई प्रतिज्ञाहरु उल्लेख छन् । पहिलो अन्यजातिहरुमा आशिष् आओस्, जुन आशिष् व्यवस्थाविना पाउन सकिने धार्मिकता हो । दोस्रो प्रतिज्ञा पवित्र आत्मा हुनुहुन्छ । अब्राहानलाई दिइएको प्रतिज्ञामा पवित्र आत्मा समावेश थिएन (उत १२ः३) । ४३० वर्ष पछि आएको व्यवस्थाले पनि यस प्रतिज्ञामा कुनै थप गर्न सकेन । तर यहाँ मुक्तिको साथसाथै पवित्र आत्मा पनि प्रतिज्ञा गरिएको छ । फेरी यहाँ विश्वासमा जोड दिइएको छ ।

१५. भाइ हो, प्रतिदिनको जीवनबाट एउटा उदाहरण लिऔं, एक चोटि पक्का भइसकेपछि मानिसले बनाएको इच्छापत्र कसैले रद्ध गर्न सक्दैन, न त त्यसमा केही थप्न सक्छ ।
यद्धपि अब्राहाम विश्वासद्वारा धर्मी ठहरीए, व्यवस्थाको आगमनपछि मुक्तिको त्यस प्रावधान रद्ध भयो भनि झूटा शिक्षकहरु भन्ने गर्थे । तसर्थ पावल यहाँ मानिसको उदाहरण दिनुहुन्छ । त्यस बेला रोमी सराकरले दिएको आदेश कसैले रद्ध गर्न सक्दैनथ्यो । मानिसमा हुने इच्छापत्र त रद्ध हुँदैन भने परमेश्वरको प्रतिज्ञा त झन अपरिवर्तनशिल हुन्छ । व्यवस्थाको आगमनसम्म पनि अब्राहामलाई दिइएको प्रतिज्ञा पुरा हुन बाँकी नै थियो । तर ख्रीष्ट येशूमा सदासर्वदाको निम्चि यो पुरा भयो । त्यसकारण विश्वासद्वारको धर्मीकरण कहिल्यै परिवर्तन नहुने प्रतिज्ञा थियो ।

१६. प्रतिज्ञाहरु अब्राहाम र उनका सन्तानलाई दिइएका थिए । धर्मशास्त्रले “सन्तानहरुलाई” भन्दैन, यसले त धेरै मानिसहरुको सङ्केत दिन्छ, जो ख्रीष्ट हुनुहुन्छ ।
यहाँ ‘सन्तान’ भनेर एकवचनमा जोड दिइएको छ (उत १२ः७; १३ः१५; २४ः७) । यहाँ आशिष् श्रोत मशिह अर्थात ख्रीष्ट हुनुहुन्छ भन्ने देखाइएको छ (पद १९) । मत्तीको अनुसार येशू अब्रामको सन्तान थिए जो प्रतिज्ञाको साँचो हकदार हुनुहुन्थ्यो (मत्ती १ः१) । यहाँ सन्तान भन्नाले येशूलाई भनिएको हो ।
“तिमीहरुका पुर्खा अब्राहाम मेरो दिन देख्नलाई प्रफुल्लित भएका थिए, र तिनले देखे अनि रमाए (यूह ८ः५६) ।”
आज त्यस प्रतिज्ञाका उत्तराधिकारी हामी हुन पाएका छौँ । फलस्वरुप परमेश्वरसँग हाम्रो सङ्गती भएको छ ।

१७. मेरो भनाइको अर्थ यो हो, कि चार सय तीस वर्षपछि आएको व्यवस्थाले त्यसभन्दा अघि परमेश्वरले पक्का गर्नुभएको करारलाई काट्दैन, नत्रता प्रतिज्ञा रद्ध भइजानेथियो ।
प्रतिज्ञा दिइएको ४३० वर्षपछि व्यवस्था दिइएको थियो (प्रस १२ः४०) । यहाँ पावलले पक्का भइसकेको प्रतिज्ञा परिवर्तन हुदैन भन्ने कुरा उल्लेख गरेका छन् । त्यसमा केही थप्न पनि सकिदैन नता रद्ध नै गर्न सकिन्छ । अब्रासँगको प्रतिज्ञा विनासर्त थियो जहाँ कुनै काम समावेश थिएन ।
आज हाम्रा कामहरुले धार्मकतामा केही थप्न सक्दैन । हो असल कामहरु गर्नुपर्छ, तर त्यसले धाार्मकता ल्याउने होइन तर हामी स्वयमलाई फाइदा गर्छ ।
१८. किनकी उत्ताराधिकार व्यवस्थाद्वारा पाइने हो भने प्रतिज्ञाद्वारा पाइने कुरै आउँदैन । तर परमेश्वरले प्रतिज्ञाद्वारा नै अब्राहालाई यो दिनुभयो ।
व्यवस्था र प्रतिज्ञा एक अर्कामा मिश्रण हुन सक्दैन । तर कुनै सर्तविना परमेश्वरले उहाँमाथि विश्वसा गर्नेलाई दिनुहुने प्रतिज्ञा धार्मिकता हो । यहूदीकरण गराउनेहरुका भनाइ विपरित उत्तराधिकारको निम्ति व्यवस्थापालन आवश्यक थिएन ।

१९. तब व्यवस्थाको आवश्यकता किन प¥यो त ? जुन सन्तानलाई प्रतिज्ञा भएको थियो, ऊ नआउञ्जेल अपराधको कारण व्यवस्था थपियो । अनि एक जना मध्यस्थले स्वर्गदूतहरुद्वारा व्यवस्थाको स्थागना ग¥यो ।
मोशालाई व्यवस्था स्वर्गदूतद्वारा दिइयो भनी चित्रण गरिएको छ (प्रे ७ः३८; हिब २ः२; व्य ३३ः२) । व्यवस्था दिनुको उद्वेश्य पाप देखाउन थियो हटाउन होइन ।
व्यवस्थाको विषयमा यी कुराहरु पाउन सक्छौँः

  • व्यवस्थाले पवित्र आत्मा दिन सक्दैन पद १–५
  • यसले धार्मिकता ल्याउन सक्दैन पद ६–९
  • यसले विश्वासद्वारको प्रतिज्ञा रद्ध गर्न सक्दैन पद ५–१८
  • तर श्राप ल्यादछ ।


व्यवस्था आउनुभन्दा अघिदेखि नै मानिस पाप गर्दै थिए । तर व्यवस्था नहुदा तिनीहरुका पापको पनि लेखा भएन (रोम ५ः१३) । तर व्यवस्थाको आगमनले पाप गर्नेलाई अपराधी ठहरायो । अपराधी हुनु भनेको स्थापित व्यवस्था भङ्ग गर्नु हो । तसर्थ पापी मानिसहरुलाई व्यवस्था प्रदान गराइयो । मानिस पाप गरी नै रह्यो र झन धेरै अपराधको दोषी भए (रोम ७ः८) । यस कुराले प्रमाणित ग¥यो कि मानिसको स्वभाव पापमय छ (रोम ७ः११–१३) । त्यसकारण व्यवस्थाले सबै पापको अधिनमा भएको देखायो (रोम ३ः१९–२३) । सन्तान अर्थाथ ख्रीष्ट नआउञ्जेलसम्मको निम्ति व्यवस्था अन्तरीम थियो (पद १६) ।
व्यवस्थाबाट उम्किने एउटै बाटो भनेको विश्वास रह्यो ।

२०. एउटैको मात्र मध्यस्थ हुँदैन, तर परमेश्वर एउटै हुनुहुन्छ ।
मध्यस्त भनेको दुई समुहबिचको करार हो । तर परमेश्वर एउटै हुनुहुन्छ, अर्थात् प्रतिज्ञा एकपक्षिय रुपमा मध्यस्थविना मानिसलाई दिइएको थियो । करार पुरा गर्ने जिम्मेवारी पनि हुन्छ, जुन परमेश्वरले पुरा गर्नुभयो । तसर्थ प्रतिज्ञाको निम्ति मध्यस्थताको आवश्यक भएन । तर व्यवस्था परमेश्वर र मानिसबिचको मध्यस्थ भएकोले यसमा दुवै पक्षको जिम्मेवारी थियो । तर मानिसँग यो पुरा गर्ने शक्ति थिएन ।
तसर्थ अब्रासँगको करार केवल परमेश्वरबाट मात्र थियो जसमा मानिसको केही दायित्व थिएन । प्रतिज्ञा केवल परमेश्वरमा मात्र आधारित छ र मानिसको केही हात छैन ।

२१. तब के व्यवस्था परमेश्वरका प्रतिज्ञाहरुका विरुद्ध छ र ? कदापि छैन । यदि जीवित पार्न सक्ने व्यवस्था दिइएको भए, धार्मिकता साँच्चै व्यस्थाबाट हुनेथियो ।
व्यवस्था र प्रतिज्ञा एक अर्काको विरुद्ध छ भन्ने विचार नै गलत हो भन्ने कुरा पावल व्यक्त गर्छन । प्रतिज्ञा र व्यवस्था दुवै परमेश्वर बाट आएको हो जसका उद्वेश्यहरु फरक छन् । व्यवस्थाको उद्वेश्य जिवन दिने थिएन । वास्तवमा व्यवस्थाबाट पनि जिवन पाउन सकिन्थ्यो यदि पूर्ण पालना गरेमा, तर सो असम्भप थियो (रोम ८ः३–४) । व्यवस्थाबाट पाइने आशिषहरु संसारिक र क्षणिक थिए (व्य ८ः१) । तर प्रतिज्ञाका आशिष्हरु आत्मिक र अनन्तका थिए ।
यदि व्यवस्था र प्रतिज्ञा एक अर्का विपरित छैनन् भने कसरी मिलापमा छन ? यस कुरामा कि व्यवस्थाले जिवन दिन नसके पनि जिवनको बाटो तयार ग¥यो । व्यवस्थाले ख्रीष्टसम्म डो¥यायो जसले सुसमाचारको द्वारा खोल्यो । मुक्तिको निम्ति व्यवस्थाको मार्ग धेरै मानिसहरुले धेरै समयसम्म परिक्षण गरे, तर असफल भए । गेतसमनीको बगैचाको प्रार्थनाले यो कुरा झल्काउछ ।

Leave a Reply