You are currently viewing विश्वासीहरुप्रति हाम्रो वास्ता कस्तो हुनुपर्छ ? ( १ थेस. ३ः१-७)

विश्वासीहरुप्रति हाम्रो वास्ता कस्तो हुनुपर्छ ? ( १ थेस. ३ः१-७)

प्रथमा पटक पावल थेसलोनिकीमा हुदा त्यहाँ धेरै समय बस्न सकेनन् । उनलाई पक्रिने योजना भएकोले आफ्नै सुरक्षाको लागि भएपनि केही हप्तापछि नै तुरुन्तै त्यहाँबाट जानुप¥यो । पावल गइसकेपछि त्यहाँका विध्रोहीहरुले थेसलोनिकीमा बस्ने युस्तसलाई पक्रेर केरकार गरे । जहाँ रहेपनि पावल सकेसम्म धेरै बसेर सुसमाचारको साथै विश्वासमा परिपक्क हुने गरी सिकाउने गर्थे । तर थेसलोनिकीमा त्यसो नगरेकोमा पावल ज्यादै चिन्तित थिए ।

पद १. भर्खर विश्वासमा हुर्काएका थेसलोनिकीहरुलाई त्यसै छोडेर पावल, सिलास र तिमोथी एथेन्समो धेरै समय बस्न सकेनन् । त्यसकारण तिनीहरुले उत्साह र अर्ती–उपदेश दिन तिमोथीलाई त्यहाँ पठाए भने सिलास सम्भवत फिलिप्पी वा बेरियामा गए (प्रे. १८ः५) । एथेन्समा पावल एक्लै छोडिए जुन चुनौतिपुर्ण थियो । त्यस सहरमा बौद्धिक मानिसहरु धेरै थिए जो विभिन्न धर्म वा शिक्षामा तर्क गर्न निपुण थिए । त्यहाँका मानिसहरु धेरै देवीदेवताहरु मान्थे र परमेश्वरबाट बिराना थिए । यस्तो आशाबिहिन सहरमा प्रचार गर्नु पावलको निम्ति चुनौतीपूर्ण थियो ।

पद २. विश्वासमा “स्थिर” गराउनु भनेको दह्रो वा परिपक्व गरी निर्माण गर्नु हो । पावल सधै आफ्ना सहकर्मीहरुलाई वचन वा अर्ति दिएर बलियो बनाउने काममा परिश्रम गर्थे (प्रे. १५ः३२,४१; १८ः२३; रोमी १ः११; १६ः२५) । “सेवक” (ग्री. डाइकोनोस) भनेको डिकनसरह हो जसको वास्तविक अर्थ टेबलमा भोजन सेवा गर्नु हन्छ । यसरी अर्ती र उत्साह दिन सेवकको रुपमा तिमोथी थेसलोनिकीमा गए । “उत्साह” दिनु भनेको आपूmसँगै बोलाएर सान्तवना दिनु हो । धेरै कष्टको कारण निरुत्साही नहोस भनी पावल आपैm नसके पनि तिमोथीलाई त्यहाँ पठाए । तिनीहरु केही हप्ता मात्र ख्रीष्टको जीवन, मृत्यु र पुनरुत्थानको सुसमाचार सुनेर विश्वास गरे, तर सुनाउने व्यक्ति अलप हुदा उत्साहको खाँचो थियो ।

पद ३. धेरैपटक हामी कष्ट र अप्ठ्यारो अवस्थाबाट मात्र केही कुरा सिक्ने गर्छौ । धेरै कष्टहरु हाम्रा आफ्नै लापरवाहीले गर्दा निम्त्याउछौ भने कुनै चाहि असल गर्दा पनि आउने गर्छ । कष्टहरु मानिसको जीवनमा आउने निश्चित छ र कुनै दुर्भाग्यको कारणले होइन । तर कष्टहरु असल उद्धेश्यको लागि पनि हुन्छन् (मत्ती ५ः१०–१२; यूह. १६ः३३; ८ः१७–१८; २ तिमो. २ः१०–१३; १ पत्र. ४ः१२–१४) । धेरै पटक मानिसहरु सानोतिनो कष्टमा परिक्षामा पर्छन र ढुङ्गेनी जमिनमा परेको बिउजस्तो हुन्छन् । यसरी नै थेसलोनिकीमा रोपेको बिऊ खेरा नजाओस् भनी पावलले तिमोथीलाई पठाए ।
पद ४. पावलको जीवनमा धेरै कष्टहरु आयो किनकी उनले मसीहको विषयमा प्रचार गरे जसलाई यहूदीहरु इन्कार गर्थे । उनले पनि पहिले मण्डलीलाई त्यसरी नै सताउथे । जुन येशूलाई यहूदीहरुले इन्कार गरेर त्रूmसमा टाँगे त्यही येशूलाई स्वीकार गर्न तिनीहरु राजी थिएनन् । स्तिफनसले पनि भाषणमा भने कि योसेफलाई आफ्नै दाजुहरुले इन्कार गरे तापनि पछि उनकै अघि झुक्नुप¥यो । मोशालाई आफ्नै प्रजाले बेवास्ता गरेपनि पछि परमेश्वरले उहाँद्धारा नै इस्राएलको उद्धार गर्नुभयो । यस्तै उदाहरण स्वरुप यहूदीहरुले पनि येशूलाई ग्रहण गरेनन् । सायद हृदयको गहिराइमा तिनीहरुले पनि येशूको वास्तविकतालाई बुझेको कारण बाहिरी रुपमा कठोरतासाथ दबाब दिन्छन् ।
येशूले पावललाई सुखी र प्रख्यात हुने झुटो आश्वासनद्धारा बोलाउनुभएन । तर प्रभुको निम्ति भोग्नुपर्ने कष्ट जानेर नै पावल सेवाकाईमा अघि बढे । इसाईहरुको जीवन पनि पूmलै–पूmलले भरिएको हुदैन तर कष्टहरु हुन्छन् (यूह. १६ः३३) । यदि हामी ख्रीष्टसँग कष्ट भोग्छौ भने उहाँसँगै राज्य पनि गर्नेछौँ (२ तिमो. २ः१२) । कुनै कुरामा पनि चिन्तित नहुन पावलले आज्ञा दिएका छन् (फिलिप्पी ४ः६) । तैपिन थेसलोनिकीको विश्वासको विषयमा भने उनले यहाँ चिन्ता गरे ।

पद ५. पावलको एकमात्र चिन्ता भनेको तिनीहरुको विश्वास स्थिर छ कि छैन भन्ने विषयमा थियो । धेरैपटक बिऊ छरेर विश्वासमा गाडिन नपाउदै शैतानले टिपेर लैजाने गर्दछ । नयाँ करारमा शैतानको विषमा धेरै ठाउमा लेखिएको छ । दुष्ट आत्माको दुनियामा त्यो प्रमुख हो (एफि. २ः२; २ थेस. २ः९) । परमेश्वरको इच्छा र मानिसको विरुद्ध त्यो सधै लागिरहन्छ (उत. ३; अयूब. १—२; १ इति. २१ः१;भजन १०९ः६; जक. ३ः१,२) । सबै सतावटको श्रोत नै शैतान हो (२ कोर. १२ः७) । मानिसमा रोपिएको असल सुसमाचारको बिऊ त्यसले चोरे लैजान्छ (मर्क. ४ः१५), र संसारमा दुष्ट बिऊ रोप्छ (मत्ती १३ः३९) । त्यसले संसारको देवको रुपमा अविश्वासीहरुको आखाँलाई अन्धो तुल्याइदिएको छ (२ कोर. ४ः४) । येशूलाई र उहाँका चेलाहरुलाई पनि त्यसले परिक्षा ग¥यो (मत्ती ४; लूक. २२ः३; १ कोर. ७ः५) । पावलको सेवाकाईमा पनि शैतानले धेरैपटक बाधा दियो (१ थेस. २ः१८) । विश्वास गर्नेहरुलाई त्यसले धेरैपटक फसाउने प्रयत्न गर्छ (२ कोर. २ः११) । त्यसले ज्योतिर्मय स्वर्गदूतको भेष धारण गर्छ (२ कोर ११ः१४) र गर्जने शिंहझै गर्जिन्छ (१ पत्र. ५ः८) । तर अन्तमा विनाश हुने प्रमुख शत्रु शैतान हो (१ कोर. १५ः२५) । शैतान अहिले हारिसकेको छ र कुनै पनि परमेश्वरको सन्तानलाई अनुमति बिना हानी गर्न सक्दैछ (अयूब १—२; लूक. २२ः३१,३२) ।
शैतानका उदेश्य र अभिप्रायहरुमाथी इशाईहरुले अहिले संसारमा पनि विजय पाउन सक्छन् (एफि ६ः१६) ।

पद ६–७. यस बेला पावल एथेन्सबाट कोरिन्थमा सेवा गर्दै थिए । येशू ख्रीष्टप्रति तिनीहरुको विश्वास अवलोकन गरेर तिमोथी कोरिन्थमा भेट्छन् (प्रे. १८ः१) । यहाँ “असल खबर” भन्नाले ख्रीष्टको सुसमाचार भनिएको होइन तर थेसलोनिकीहरुका विश्वासको खबर हो । “विश्वास” र “प्रेम” एक इसाईको प्रमुख पाटाहरु हुन् । असल खबर सुनेर पावल ज्यादै उत्साहित भए । पावल र थेसलोनिकीहरुप्रति प्रेम एकतर्पिm नभएर दुईतर्पिm थियो ।

Leave a Reply