यरुशलेमको निम्ति प्रार्थना गर (भजन १२२)

यरुशलेमको निम्ति प्रार्थना गर (भजन १२२)


१. जब तिनीहरुले मलाई भने, “परमप्रभुको भवनमा जाओ,” तब म आनन्दित भएँ ।
यरुशलेममा आराधना गर्न जाने विषयमा दाऊद अन्यन्तै आनन्दित भएको छ । यो उनको निम्ति कुनै दैनिकी वा बाध्यता थिएन । परमेश्वरको आराधना गर्न उनको निम्ति कुनै बोझ पनि थिएन । आराधना गर्न जान पाउदा दाऊद आपैmमा भरिपूर्ण हुन्थे र आनन्दित हुन्थे ।
हुनसक्छ करारको सन्दूक यरुशलेममा भएकोले दाऊदले परमप्रभुको भवन मान्थे । २ शमूएल ६ मा दाऊदले मूस्किलसाथ सक्दूक ल्याए । दाऊदको उत्साह बनावटी नभएर वास्तविक थियो, यहाँसम्म कि मानिसहरुले उनलाई घृणा गर्न लागे (२ शमू ६ः१६) । आफ्नो जिवनको अधिकांश समय दाऊदले आराधनामा बिताए । त्यसैले होला उनी परमप्रभु आपैmले रुचाउनुभएको मानिस बन्न पुग्यो (१ शमू १३ः१४; प्रे १३ः२२) ।
दाऊद आराधनाको अगुवाको एक असल उदाहरण हुन् । उनका भजनहरुद्वारा परमेश्वरप्रतिको भक्ति र भावना व्यक्त हुन्छन् । उनी निराश हुँदा, खुशी हुँदा, पराजित वा विजय हुँदा हरसमय परमेश्वरको प्रशंसा गर्थे ।

उनको भजनबाट देखिने उनका केही विशेषताहरुः

  • दाऊदले निरन्तर कठीनताकोसाथ परमेश्वरको खोजी गरे ।
  • आफ्नो पूर्ण हृदयले परमप्रभुको प्रशंसा गरे (भजन ६३ः१–५) ।
  • उनको आराधना बलिदानले पूर्ण थियो (भजन ५४ः६) ।
  • हरेक परिस्थितीमा उनले परमेश्वरको प्रशंसा गरिरहे (भजन ६३ः१–३) ।
  • पाप गरेको अवस्थामा पश्चातापि हृदय बोकेर परमेश्वरको चरणमा आउथे (भजन २५) ।
  • उनको आराधनामा प्रार्थना र निवेदनहरु पनि समावेश हुन्थ्यो (भजन ८६ः५–६) ।
  • परमेश्वरको विषयमा दाऊद कहिल्यै हलुका भएनन् (भजन ६३) ।

२. ए यरुशलेम, हाम्रा खुट्टाहरु, तेरा ढोकाहरुमा खडा भएका छन् ।
यरुशलेम परमेश्वरले चुन्नुभएको सहर हो (२ इति ६ः६) । चित्रात्मक रुपमा यरुशलेम भनेको परमेश्वरको सहर वा राज्यलाई लिन सकिन्छ । त्यसै गरी बेबिलोनलाई प्रकाशको पुस्तकमा संसारिक वा शैतानिक राज्यसँग तुलना पनि गरिएको छ । यहाँ दाऊद परमेश्वरको भवनमा प्रवेश गर्न ज्यादै उत्साहित भएका छन् । उनले भने, “परमेश्वरको भवनको द्वारहरुभित्र धन्यवादसाथ पस, र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर (भजन १००ः४) ।”

३. यरुशलेम सुदृढ रुपले एकसाथ बाँधिएर निर्माण भएको सहरजस्तै छ ।
४. इस्राएललाई दिइएका कानुनअनुसार, परमप्रभुका कुलहरु परमप्रभुको नाउँको प्रशंसा गर्न त्यहाँ जान्छन् ।

यरुशलेम सहरको विशेषता भनेको त्यहाँ भएको परमप्रभुको मन्दिर थियो । मानिसहरु मन्दिरमा आरधना गर्न आउदा एकसाथ एकिकृत भएर आउथें । यद्धपि तिनीहरु बाह्र कुलहरु भए तापनि परमेश्वरको उपस्थितिमा एउटै आत्मामा उपस्थित हुन्थे । तसर्थ इस्राएललाई प्रतिनिधित्व गर्ने सहरजस्तै एकसाथ बाँधिएर निर्माण भएको सहर यरुशलेम थियो । यो सहर राष्ट्रिय रुपमा भेला हुने केन्द्र थियो ।

५. त्यहाँ न्यायका सिंहासनहरु छन्, दाऊदको वशंका सिंहासनहरु त्यहाँ छन् ।
त्यस स्थानबाट केही हदसम्म इस्राएलमा उठेका मुद्धाहरुका पैmसला हुन्थ्यो । यो राष्ट्रको राजधानी थियो जहाँबाट सम्पूर्ण प्रशासनिय र न्यायका कार्यहरु हुन्यो । दाऊदको वशंको शोलोमोन राजाले त्यहाँबाट असल न्याय गरे । त्यसभन्दा बढी यस पदलाई आत्मिक रुपमा तुलना गर्न सक्छौँ । यही सिंहासनबाट भविष्यमा ख्रीष्टले पुस्तौसम्म न्याय गर्नुहुनेछ ।

६. यरुशलेमका शान्तिको निम्ति प्रार्थना गर, “तँलाई माया गर्नेहरु सुरक्षित रहून्
७. तेरा पर्खालभित्र शान्ति रहोस्, र तेरा किल्लाहरुभित्र सुरक्षा ।”
यरुशलेमको अर्थ ‘शान्तिको शहर’ अथवा ‘शान्तिको जग’ हो । नाम असल भएपनि आजसम्म इस्राएलले धेरै कठिनायहरु भोग्नुपरेको छ । शत्रुहरुले बारम्बार यस सहर कब्जा करेर पर्खालहरु भत्काइदिए । विलापको पुस्तकमा यर्मियाले यसै सहरको विषयमा विलाप गरेका छन् । इतिहासमा हेर्दा फारो, सनहेरिब, नबुकदनेसर, टोलेमी, हेरोद, टाइटस र त्रूmसेडर लगायतका समुहहरु यस सहरमा लडाइ गरे अनि मरे ।
“यरुशलेमको निम्ति प्रार्थना गर” भन्नु शब्द इतिहासमा र अगमवाणीमा ठूलो महत्व छ । दाऊदभन्दा केही वशंं पछि यरुशलेम सहर उथलपुथल भयो । आजको दिनसम्म पनि यरुशलेम विवाद र लडाइको विषय बनेको छ । यो तबसम्म चलिरहन्छ जबसम्म शान्तिको राजकुमार “शान्तिका राजकुमार” आउनुहुन्न (यशै ९ः६,७; लूक १ः२६–३३) । ख्रीष्टको राज्यमा यस सहरमा पूर्ण शान्ति छाउनेछ ।
हामीले पनि इस्राएल र यरुशलेमको निम्ति प्रार्थना गरिरहनुपर्छ । किनकी यहाँबाट नै ख्रीष्ट आउनुभयो र भविषयमा राज्य गर्नुहुन्छ । आज धेरैले इस्राएलको बेवास्ता गर्छन् र विचार गर्छन् कि वर्तमान समयमा इस्राएल त्यागिएको छ । इस्राएललाई हटाएर परमेश्वरले मण्डली खडा गर्नुभयो भन्ने सिद्धान्त जसलाई पुनस्थापिन इश्वरशास्त्र (रिप्लेसमेन्ट थेओलोजि) भनिन्छ, यो गलत छ ।

“किनकी इस्राएलीहरु धेरै दिनसम्म राजा र राजकुमारविना, बलिदान र चोखो ढुङ्गाविना तथा एपोद र देवताविना रहनेछन् । त्यसपछि इस्राएलीहरु फर्कनेछन्, परमप्रभु आफ्ना परमेश्वरलाई र आफ्ना राजा दाऊदलाई खोज्नेछन् । पछिल्ला दिनहरुमा तिनीहरु भयसित परमप्रभु र उहाँका आशिष्तिर आउनेछन् (होशे ३ः४,५) ।”

८. मेरा दाजुभाइहरु र मेरा मित्रहरुका निम्ति म भन्नेछु, “तिमीहरुमा शान्ति होस् ।”
आज यस सहरको निम्ति प्रार्थना गर्ने हरेको निम्ति आशिष छ जहाँबाट राजाहरुका राजा आउनुहुनेछ । आजसम्म पनि भक्ति राख्ने यहूदीहरु यस सहरको पर्खालमा फर्केर प्रार्थना गर्ने गर्छन् । यस्तै चाहना आज ख्रीष्टको मण्डलीको बिचमा हुन आवश्यक छ । यस पदले “दाजुभाइ र मित्रहरु” केन्द्रित गरेको छ । आज मण्डली जिउने भनेको नै एक अर्काको निम्ति हो । ख्रीष्टको आत्माद्वारा मण्डलीमा हुने विभाजन वा अनेकताको टुङ्गो हुन सम्भव छ ।

९. परमप्रभु हाम्रा परमेश्वरका भवनको खातिर म तेरो भलाइ नै खोज्नेछु ।
यरुशलेम शहरको गौरव भनेको नै परमप्रभुका उपस्थितीको कारण हो । यस सहरको बनावट वा आकृतिको कुनै वास्तविक मुल्य छैन । येशू ख्रीष्टमा समयमा पनि मानिसहरु यस सहरभन्दा यहाँको सुनमा मोहित थिए । येशूले देखाउनुभयो कि मन्दिरबिना सुनको कुनै महत्व हुँदैन (मत्ती २३ः१६–२२) ।

तसर्थ आज विश्वासीहरुको बिचमा एकता र शान्ति कायम रहोस् भनी एक अर्काको निम्ति परिश्रम गर्नु असल हुन्छ (एफि ४ः३) । किनकी मण्डलीद्वारा नै संसारका मानिसहरुमा शान्ति छाउदछ ।

Leave a Reply