You are currently viewing पावलको प्रेरितिय अधिकार (गलाती १ः१-५)

पावलको प्रेरितिय अधिकार (गलाती १ः१-५)

१. पावल ख्रीष्टको एक प्रेरित, जो मानिसहरुहरुबाट होइन, तर येशू ख्रीष्ट र परमेश्वर पिता, जसले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो, उहाँबाट पठाइएको हुँ,

सुरुका दुई अध्यायहरुमा “सुसमाचार” महत्वपूर्ण शब्द हो जुन १० पटकसम्म दोहोएिको छ । पावल प्रेरित हो वा होइन भन्ने विषयमा चुनौतीह रु आएकोले यहाँ सुरुमै प्रेरित भनी सम्बोभन गरिएको छ । ‘प्रेरित’ भनेको पठाइएको हो । तर योभन्दा पावल आपैmलाई ख्रीष्टको सेवक वा दास भन्न रुचाउछन् । पावल कुनै मानिसबाट नभएर येशू ख्रीष्टबाट चुनिएको थियो । आज विश्वका विभिन्न मण्डलीहरुमा हात राखेर अभिषेक गर्ने प्रथा छ । विशेष गरी रोमन क्याथोलिक चर्चमा एक विशपदेखि अर्को विशपमा हात राखेर नियुक्त गर्ने चलन छ । यो बाइबलीय प्रकिया नभए पनि कतिपय आजको मण्डलीमा पनि लागु भएको प्रथा हो । तर यहाँ पावललाई ख्रीष्ट स्वयमले नियुक्त गर्नुभएर यो जिम्मेवारी दिनुभयो (प्रे. ९ः१५–१६) ।

यस पदमा पुनरुत्थानमा जोड दिइएको छ । पुनरुत्यान सुसमाचारको केन्द्रिय सन्देश हो । हामी इसाईहरुको आशाको मुख्य कारण भनेको नै ख्रीष्टको मृत्युमाथिको विजयी हो ( १ कोर. १५ः१–४) ।
यस पदमा पावलले व्यक्त गर्न खोजेको सन्देश यो हो कि उनको सन्देश सिधै ख्रीष्टबाट आएको हो, कुनै तेस्रो व्यक्तिबाट होइन । पावलले पत्रुस वा अन्य चेलाहरुबाट सिकेर बोलेको वा लेखेको सन्देश यो होइन । परमेश्वरले पावललाई अन्य प्रेरितहरुभन्दा फरक सेवाकाई दिनुभयो । पावल भन्छन म कुनै मानिसबाट पठाइएको होइन ।

आज धेरैपटक हाम्रो सेवाकाई र अधिकारमा मानिस प्रश्न गर्ने गर्छन । येशूको सेवाको आरम्भमा पनि फरिसीहरुले यस्तै प्रश्न गरे, “तिमीलाई कसले अधिकार दियो ?” वास्तवमा आज ख्रीष्टको सुसमाचार प्रचार गर्न कुनै व्यक्तिबाट विशेष स्वीकृती प्राप्त गर्न आवश्यक छैन । मर्मत लगायत कतिपय सम्प्रदायले बप्तिस्मा दिने अधिकार उनीहरुसँग मात्र रहेको दाबी गर्छन् ।

ख्रीष्टबाट पठाइनु सबभन्दा उच्च अधिकार हो । वास्तवमा मानिसले कसैलाई पनि सेवाकाइर्मा नियुक्त गर्न सक्दैन । धेरै बाइबल अध्ययन गर्दा वा सेमिनारीहरुमा संलग्न हुदैमा मानिस योग्य हुँदैन तर प्रभुबाट नियुक्त भएको हुनुपर्छ । तसर्थ उहाँको सेवा गर्न कुनै उमेर, वर्ण वा शिक्षाले अवरोध गर्दैन । आज ख्रीष्टको राज्य विस्तारमा हामी सबैको उत्तिकै महत्वपूर्ण भुमिका र जिम्मेवारी छ ।

२. म र मसँग हुने सबै भाइहरुबाट, गलातियाका मण्डलीहरुलाईः
३. परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट तिमीहरुलाई अनुग्रह र शान्ति ।

यहाँ पावल एक्लै नभएर भाइहरुका साथमा यस पत्र पेश गर्दैछन् । पावलका प्राय पत्रहरु न्यानो अभिवान वा प्रशंसामा सुरु हुने गर्छन् । तर यहाँ त्यस्तो विशेष केही नभएकोले गलातीका मण्डलीहरुमा गम्भीर समस्या भएको देख्न सक्छौँ । यहाँ अनुग्रह र शान्दिद्वारा अभिवादन गरिएको छ जुन यस पुस्तकमा धेरै चर्चा गरिएको विषय हो । ‘शात्ति’ अर्थात ‘शालोम’ साधरणतया यहूदीहरुले आजसम्म पनि अभिवादनमा प्रयोग गर्ने शब्द हो । शान्तिद्वारा आज पापी मानिस परमेश्वरसँग मिलाप भएको छ । आज हामी परमेश्वरसँग शान्तिमा छौँ र परमेश्वरबाटको शान्ति आयश्यक छ । शान्ति अनुग्रहको परिणाम हो । अनुग्रह भनेको अयोग्य पापीहरुप्रति उहाँले गर्नुभएको इश्वरीय निगाह वा दया हो । अनुग्रहले ‘मैले के गरे’ भन्दैन तर ‘उहाँले के गर्नुभयो’ भन्दछ । अनुग्रहले असल मान्छे खोजेर स्याबास दिने काम गर्दैन तर पापी, दोषी र असहायलाई अपनाएर स्वीकार गर्दछ । अनुग्रहको विषयमा बोलेर पावल कहिल्यै थाक्दैनन् । कतिपय कुराहरु हामी बारम्बार दोहो¥याएर स्मरण गर्न आवश्यक छ । पत्रुस भन्छन्, “यसकारण यी कुराहरु तिमीहरुलाई म सधैँ सम्झाउनेछु, यद्धपि तिमीहरु यी सब जान्दछौ” (२ पत्र १ः१२) ।

यहाँ प्रयोग गरिएको “प्रभु येशू ख्रीष्ट” उहाँको नाम र थर नभएर उहाँलाई चिनाउने शिर्षकहरु हुन् । प्रभु भनेको मालिक हो, अर्थात समस्त थोकमा उहाँको प्रभुत्व छ । आज हामी केवल ‘प्रभु, प्रभु’ मात्र भन्ने होइन तर आज्ञापालनमा पनि ध्यान दिनुपर्दछ । ‘येशू’ नामले उहाँको मुक्ति दिने काम जनाउछ ।

४. हाम्रा परमेश्वर र पिताको इच्छाअनुसार उहाँले यस वर्तमान दुष्ट युगबाट हामीलाई छुटकारा दिनलाई हाम्रा पापका निम्ति आपैmलाई अर्पण गर्नुभयो ।

“प्रभु येशू ख्रीष्टले” पूर्ण रुपमा आपैmलाई अर्पण गर्नुभएकोले त्यसमा कुनै काम वा व्यवस्थापालन थप्न आवश्यक छैन र सम्भव पनि छैन । ख्रीष्ट नै एकमात्र अनि पूर्ण मुक्तिदाता हुनुहुन्छ । परमेश्वरको अनुग्रहको एक उदेश्य भनेको वर्तमान दुष्ट युगबाट उद्वार गर्नु पनि हो । उहाँको अनुग्रहबाट बञ्चित हुँदा हामी उहाँका पुत्र र उत्तराधिकारी हुने हक पनि गुमाउछौँ । यस सुन्दर सन्देशबाट भिन्न सुसमाचारमा बहकाउन विभिन्न तत्वहरु त्यस बेला र आज पनि छन् ।
पावलको सुसमाचार मोशाको व्यवस्थामा आधारित थिएन तर ख्रीष्टको मृत्यु र पुनरुत्थानमा थियो । यो सुसमाचार दासत्वको नभएर छुटकाराको थियो । यो छुटकारा पुनरुत्थान हुनुभएको येशू ख्रीष्टमा विश्वास गर्ने प्रत्येकले पाउदछ (रोम १०ः९) । येशू कसैद्वारा कू्रसमा चठाइएको होइन, तर आपैmलाई अर्पण गर्नुभएको हो । “कसैले मबाट मेरो प्राण लिन सक्दैन तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्छु” (यूह १०ः१८) । “मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो” (लूक १९ः१०) । येशू संसारमा आउनुभएको कारण उहाँद्वारा संसार बाँचोस भनेर हो (यूह ३ः१७) ।
वर्तमान संसार वास्तवमा नै दुष्ट छ र मानिस यसको कब्जामा छ । मानिसको भित्री तृष्णा मेट्न र रित्तोपन हटाउन संसारले हरेक प्रकारका प्रलोभन र झूटा प्रतिज्ञाहरु दिन्छन् । एकपछि अर्को गर्दै विभिन्न भौतिक थोक प्रयोग गर्ने चक्रमा मानिस अन्तमा असन्तुष्ट नै रहन्छन् । तसर्थ सोलोमोन भन्छन्, “मेरा हातहरुले गरेका सबै कार्यहरु निरिक्षण गरें, तब प्रत्येक कुरा व्यर्थ थियो । बतासलाई खेदेको जस्तो मात्र रहेछ । सूर्यमुनि केही उपलब्धि भएन” (उप २ः११) ।

यसैले संसारबाट छुटकारा दिन उहाँ आउनुभयो र हाम्रो निम्ति मर्नुभयो । यो सबै पिताको इच्छानअनुसार गर्नुभयो । संसारको मुक्तिको निम्ति यो बाहेक अर्को उपाय छैन । परमेश्वर संसारलाई असल बनाउन आउनुभएको होइन । तर यसबाट मानिस उद्वारा गर्न आउनुभयो । त्यसैले आज हामीले हाम्रा प्राथमिकताहरु संसारको निम्ति नभएर परमेश्वरमा लगाउनुपर्छ ।

५. परमेश्वरलाई सदासर्वदा महिमा भइरहोस् । आमेन ।

सम्पूर्ण महिमाको श्रेय परमेश्वर नै हुनुहुन्छ । मानिसले व्यवस्था पालन गरेर यस महिमा आर्जन गर्न सक्दैन ।
यी पाँच पदहरु थोरै भएपनि अर्थपूर्ण छन् जहाँ मुलत दुई कुराहरु उल्लेख छन् । पहिलो पावलको प्रेरितिय अधिकारको पुष्टि र दोस्रो उहाँले प्रचार गर्नुभएको अनुग्रहको सुसमाचारको महत्व ।

Leave a Reply