You are currently viewing धर्मीचाँहि आफ्नो विश्वासद्वारा जिउनेछ

धर्मीचाँहि आफ्नो विश्वासद्वारा जिउनेछ

११. परमेश्वरको दृष्टिमा व्यवस्थाबाट कोही मानिस धर्मी ठहरिँदैन भन्ने कुरा प्रत्यक्ष छ किनभने “धर्मीचाहिँ विश्वासद्वारा नै जिउनेछ ।”

सन १४८३ मा जर्मनीको आइसलबेन सहरमा एक गरीब परिवारमा मार्टिन भन्ने व्यक्तिको जन्म भयो । उनको पिता कोइला खानीमा काम गर्थे । आफ्नो परिवार र पिताको दरिद्रता देखेर उसले अर्कै पेसा अपनाउने इच्छा गरे । त्यसपछि उनी वकील हुने योजन गरे र १५०१ मा अरफर्ट विश्वविद्यालयमा आवद्ध भए । त्यहाँ उनले आफ्ना अध्ययनमा उत्कृष्टता हाँसिल गर्दै गए ।

आफ्नो अध्ययनको क्रमको अन्त्यतिर उनमा जिवनमा एउटा घटना घट्यो जुन उनको जिवनको घुम्ति भयो । विद्यालयमा परिवेशमा हिड्दै गर्दा ठूलो गर्जन र चट्याङहरु उनका वरीपरी प¥यो । उनी भयभित हुँदै एक जना सन्तको नाम लिदै भने, ‘सन्त अनी, मलाई बचाउनुहोस्, र जिवनभर साधु भएर सेवा गर्नेछु ।’ त्यसको केही क्षणमा त्यस हुरिबतास रोकिदछ ।

आफ्नो वचन पुरा गर्ने व्यक्ति भएकोले उनले आफ्नो विद्यालयको अध्ययन त्यसै छोडेर एक अगस्टीनको गुम्बामा प्रवेश गरे । त्यहाँ उनले लगनशील भई केही वर्षसम्म इश्वरशास्त्र अध्ययन गरे । तर जति धेरे ज्ञान पाए त्यति उनी व्याकूल हुँदै गए । ईश्वरशास्त्रमा पोत्त भए तापनि व्यक्तिगत जिवनमा अशान्ति छाउदै गयो । उनले आफ्नो डायरीमा यस्तो प्रश्न लेखे, ‘कसरी मानिस परमेश्वर अघि निगाह पाउन सक्छ ?’ यस प्रश्नको जवाफको खोजिमा उसले एकदम समर्पित र त्यागि जिवन बिताए । उनले एकैपटकमा १० देखि १५ सम्मको उपवास बस्दथे । जाडो महिनाको बरफमा पनि तिनी कम्बल बिना बाहिर सुन्ने गर्थे । अध्ययनको क्रममा आफ्नो शरीरलाई सास्ति दिन रगत नआउञ्जेलसम्म कुट्ने गर्थे । यसो गरेपछि आफ्ना खराब इच्छाहरुबाट मुक्त भइन्छ भन्ने विचारले उनी यसो गर्थे । मध्ययुगका मण्डलीहरुले यस्तै अभ्यास गर्दथे ।

उनले दिनमा धेरै पटक आफ्ना पापहरु स्वीकार गर्थे, यतिसम्म कि त्यहाँको मठको गरुले भने, ‘जाऊ पहिला केही पाप गर अनी स्वीकार गर्न आऊ, नत्र नआऊ ।’

आफ्नो भ्रष्ट र पापी स्वभावको कारण उनी आत्मामा ज्यादै चिन्तित हुन्थे । एकपटक उनी इश्वरशास्त्रका लेख लेखिरहँदा उनले शैतानको बाक्लो उपस्थित हनुभव गरे, यहाँसम्म कि आपूmले लेखिरहेको मशी उनले त्यस शैतान उभेको ठाँउमा हिर्काए । त्यस मशीको बोतर भुइमा झरेर फुट्यो जसको दाग आजसम्म पनि छ ।

अन्तमा शान्ति खोज्दै मार्टिनले १५०९ मा रोमसम्म यात्रा गर्ने निधो गरे । यात्राको क्रममा उनी पहाड भएर जाँदा ज्वरोले सिकिस्त भएर मर्ने लागे । तर नजिकको गुम्बामा पुगेपछि भाइहरुले उनलाई बचाए । त्यहाँ एक साधुले उनलाई भने, ‘तपाईं हबकूकको पुस्कत पढ्नुहोस् ।’ हबकूक पनि उनीजस्तै संघर्ष गरिरहेको व्यक्ति रहेछन् । यति परमेश्वर असल भए संसारमा किन खराबी र संकष्ट छ ? शैतालाई किन परमेश्वरले हटाउनुहुन्न ?

हबकूक २ः४ ले उनको ध्यान केन्द्रित ग¥यो ,“धर्मीचाँहि आफ्नो विश्वासद्वारा जिउनेछ ।” उनको मगजबाट यो खण्ट हटेन । आफ्नो स्वस्थमा सुधार आएपछि उनी आफ्नो रोमको गन्त्यमा लागे । उनी सन्त जोन ल्यटेरनको विशाल चर्चमा गए, जहाँ पिलातसको न्याय आशनमा भएको भ¥याङ्ग छ भन्ने विश्वास गरिन्छ । त्यहाँका चार भ¥याहरुमध्ये दुई यरुशेमबाट आएको भनी विश्वास गरिन्छ । त्यहाँ मानिसहरु हिड्दैनन् । तर बाहिरी दुई भ¥याङ्गमा तिर्थयात्रीहरु आई आफ्ना प्रार्थनाहरु अर्पण गर्छन् । यहाँ आउने हरेकमा पोपको आशिर्वाद हुन्छ भन्ने विश्वास छ । मार्टिनले पनि यसै भ¥यामा प्रार्थना गर्ने क्रममा हबकूक २ः४ याद आयो, “धर्मीचाँहि आफ्नो विश्वासद्वारा जिउनेछ ।”

आफ्नो प्रार्थना बिचैमा रोकेर मार्टिन आफ्नो भूमिमा फर्के र विटनबर्ग विश्वविद्यालयमा ‘विश्वासद्वारा धर्मी’ हुने विशषमा खोज गर्न गए । त्यसपछि अन्तमा उनले आफ्नो प्रसिद्ध ९५ बुदे थेसिस विटनबर्ग चर्चको ढोकामा टाँसिदिए । यसपछि उनीद्वारा नयाँ लहरको सुरुवात भयो जसबाट आधुनिक सुधारवाद सुरु भयो । यो इतिहासको महत्वपूर्ण घटना थियो । उनी मार्टिन लुथर थियो ।

तर त्यहाँका अगवाहरुलाई यो मन परेन र उनलाई झूटा भनी सहरबाट बहिस्कार गरिदिए । त्यसपछि उनले बाइबालका विभिन्न टिप्पीणीहरु लेखे । उनले जर्मन भाषमा पनि बाइबल अनुवाद गरे । उनको प्रसिद्ध भजन ‘माइटि फट्रेस’ आजसम्म पनि प्रसिद्ध छ ।

Leave a Reply