झूटा शिक्षा कसरी चिन्ने ? (यहूदा ३-४)

झूटा शिक्षा कसरी चिन्ने ? (यहूदा ३-४)

३. प्रिय हो हामी सबै सहभागी भएको उद्वारको विषयमा लेख्न म साह्रै उत्सुक भएको छु, त्यसैले सन्तहरुलाई सदाकालको निीम्त सुम्पिएको विश्वास रक्षा गर भन्ने निवेदन गर्न तिमीहरुलाई लेख्न मैले आवश्यक ठाने ।

यो पत्र अविश्वासीहरुलाई कुनै अर्थ लाग्दैन । तर “प्रिय” भनेर विश्वासी परिवारलाई लेखिएको हो । यहूदा एक महत्वपूर्ण विषयमा लेख्न बाध्य भए । जसरी ख्रीष्टलाई दुःख भोग्नु र मृतकबाट जीवित हुन आवश्यक थियो (प्रे. १७ः३), त्यही मात्राको आवश्यकता यस पत्रले देखाउछ । त्यस समयमा आधारभूत विश्वासलाई बहकाउने विभिन्न प्रकारका भूmटा शिक्षा र शिक्षकहरु पावल वा अन्य प्रेरितको नाममा आएर मण्डलीलाई भड्काउदथे ।

विश्वास रक्षा गर्नु महत्वपूर्ण कार्य हो । हाम्रो विश्वास शुद्ध विवेकबाट हुनुपर्छ (१ तिमो. ३ः९) । अन्तको समयमा भूmटा सिद्धान्तको कारण धेरै आफ्ना विश्वासबाट तर्केर जानेछन् (१ तिमो. ४ः१) । हाम्रो विश्वासमा एक अर्काप्रतिको गर्नुपर्ने जिम्मेवारीहरु पनि छन् (१ तिमो. ५ः८) । यदि कसैले आधारभूत बाइबलीय विश्सासभन्दा अन्य अलौकिक शिक्षा दाबी गरी आउछ भने त्यो भूmटो हुने सङ्केत हो (प्रका. २२ः१८) । त्यसकारण विश्वासको प्रतिरक्षा गर्न आज हाम्रो निम्ति ठूलो चुनौती छ (एफि. ६) । हाम्रो विश्वासको रक्षा हामीले कसरी गर्दैछौँ ? विश्वासयोग्य सेवक र सेवकाइमा साथ दिनुपर्छ तर पूर्ण वचनलाई इन्कार गरी अर्को सुसमाचार सुनाउनेको विरुद्धमा पनि बोल्नुपर्छ । आफ्नो साथमा सधै वचनको तरवार तयार हुनुपर्छ जसरी नहेम्याहले आफ्नो साथमा तरवार लिएर पर्खाल निर्माण गरे (नहे. ४ः१७,१८) ।

४. किनकी धेरै अघिदेखि नै दण्डको भागीदार ठहरिएका कोही—कोही मानिसह गुप्त रुपले तिमीहरुका माझमा पसिसकेका छन् । यिनीहरु ईश्वरहीन मानिसहरु हुन्, जसले हाम्रा परमेश्वरको अनुग्रहलाई विलासितामा परिणत गरेका छन्, र हाम्रा एकमात्र स्वामी र प्रभु, येशू ख्रीष्टलाई इन्कार गर्छन् ।
ख्रीष्टको सुसमाचारा सुरु भएदेखि नै भूmटा प्रेरित र शिक्षकहरु मण्डलीमा प्रवेश छन् (गला. २ः४–५) । येशूले भन्नुभएको गहूँ र सामाको दृष्टान्तमा शत्रुले सामा छ¥यो (मत्ती १३ः२४–३०) । तसर्थ आज पनि मण्डली त्यस्ता सामादेखि सचेत भई आफ्नो विश्वास जोगाउनुपर्छ । दुष्टताको कारण ख्रीष्टका सन्तहरु बारम्बार कष्टमा पर्ने गर्छन् जसरी पावल पनि प¥यो (२ कोर. ११ः२६) । अन्तको समयमा झन् शैतानका शिक्षाहरु व्यापक हुनेछ भनी चेतावनी दिइएको छ (१ तिमो. ४ः१) । त्यसैले सर्वप्रथम साँचो शिक्षा के हो भनी जानेर नै हामी भूmटा थाहा पाउन सक्छौँ ।
भूmटो कस्तो हुन्छ ?
भूmटा शिक्षकले परमेश्वरको वचन बुझेको हुदैन र वचनको फल पनि फलाउदैन (मत्ती १३ः२२) । तिनीहरु “फलहिन वृक्षसरह हुन् जो दुईपल्ट मरिसकेका र जरैसमेत उखेलिएका हुन्छन्” (पद. १२) । तिनीहरुले लिखित वचन त पाउछन् तर जीवित वचन ग्रहण गर्दैनन् । तिनीहरु घामको प्रकाश पाएर त्यसबाट जीवन नपाएका सरह हुन् । भूmटा व्यक्तिले जानि–जानि वचन इन्कार गर्छन् र बङ्ग्याएर गलत अर्थ निकाल्छन् । यस पदमा भनेभैm तिनीहरु “गुप्त रुपमा” प्रवेश गर्छन् र विश्वासीमाझ बस्छन् ।
भूmटो कसरी पहिचान गर्ने ?
तिनीहरु इश्वरहीन हुन्छन्, अर्थात् हाम्रो एकमात्र प्रभुलाई इन्कार गर्छन् । तिनीहरु भक्तिको भेष त लिन्छन् (२ तिमो. ३ः५) तर त्यसको शक्ती इन्कार गर्छन् । ख्रीष्टमा प्राप्त हुने नयाँ जीवन र पुनरुत्थानको शक्ति तिनीहरु इन्कार गर्छन् (फिलि. ३ः१०) । बाहिरी रुपमा त तिनीहरु असल देखिन्छन् तर हृदयमा चूर्ण भई परिवर्तन भएका हुदैनन् (१ शमू. १६ः७; यशै. ६६ः२) । तिनीहरु पापलाई हलुका रुपमा लिन्छन् र त्यसैको निम्ति परमेश्वरले उहाँको पवित्रतामा येशू ख्रीष्टद्वारा गर्नुभएको पूर्ण काम इन्कार गर्छन् ।
तिनीहरु ख्रीष्टको अनुग्रहलाई विलासितामा परिणत गर्छन् । आज परमेश्वरले हामीलाई दिनुभएको अति सुन्दर कुरा उहाँको अनुग्रह हो । “किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरुले उद्वारा पाएका छौ” ( एफि. २ः८) । “तर धर्मीजनचाहिँ आफ्नो विश्वासद्वारा जिउनेछ” (हबकूक २ः४) । यहि अनुग्रहद्वारा ख्रीष्टले पावल अनि आज हामीलाई चुन्नुभयो र कुनै कर्मद्वारा होइन । तर झुटा व्यक्तिले यसलाई विलासितामा परिणत गरेर आपैmमा सर्वनाश ल्याउछन् । पावल भन्छन्, “के अनुग्रह प्रशस्त मात्रामा होस् भनेर हामी पापमा लागिरहौं त ? त्यसो नहोस्” (रोमी ६ः१–२) ।
धेरैपटक मानिस आफ्नो व्यक्तिगत धारणा, परम्परा, विचार वा संस्थाप्रतिको समर्पणले गर्दा परमेश्वरको वचनलाई पन्छाउने गर्छन् । यसरी तिनीहरु ख्रीष्टको अनुग्रहलाई लत्याउने गर्छन् जुन कुरादेखि हामी अलग हुनुपर्छ ।
तिनीहरु हाम्रा एकमात्र स्वामी र प्रभु, येशू ख्रीष्टलाई इन्कार गर्छन् (२ पत्र. २ः१,२) । ख्रीष्ट सार्वभौम हुनुहुन्छ, अर्थात सबै सृष्टिभन्दा पहिले उहाँ हुनुहुन्छ । उहाँ सबै साँचो विश्वासीको प्रभु वा मालिक हुनुहुन्छ (प्रे.१०ः३६; रोम. १४ः९) । उहाँ येशू हुनुहुन्छ, अर्थात मुक्तिदाता जो हाम्रो निम्ति मर्नुभयो । उहाँ ख्रीष्ट हुनुहुन्छ, अर्थात् अभिषिक्त जन जसको भविष्यवाणी पुरानो करारमा पनि थियो । यदि हामी उहाँलाई इन्कार गर्छौ भने उहाँले हामीलाई इन्कार गर्नुहुन्छ (मत्ती १०ः३; २ तिमो. २ः१२; १ यूह. २ः२२,२३) ।

Leave a Reply