ख्रीष्टमा विश्वास गर्नेहरुलाई किन कष्ट आउछ ? (१ थेसलोनिकी २ः१९-१८)

ख्रीष्टमा विश्वास गर्नेहरुलाई किन कष्ट आउछ ? (१ थेसलोनिकी २ः१९-१८)

पद १०. एक सेवकले केवल बोलीवचनमा मात्र नभएर व्यवहारमा पनि देखाउन आवश्यक हुन्छ । आफ्नो बोली वा सिद्धान्तको अधिकारमा हक राखी सेवा गर्नुभन्दा ख्रीष्टको आत्माद्वारा डो¥याइएर उदाहरण हुनु आवश्यक छ ।

पद ११. एक पिताले आफ्ना छोराछोरीलाई सधै असर शिक्षा र अनुशासनमा हुर्काउने प्रयत्न गर्छ । तिनीहरुलाई परिपक्तवतामा हुर्काउन पिताले आफ्नो प्राणसम्म पनि बलिदान दिन तत्पर हुदछ । थेलिोनिकीहरु प्रति पावलको वास्ता पनि यस्तै थियो ।

पद १२. यहाँ “चालचलन” भन्नाले जीवनको दैनिक आचरण र नैतिक व्यवहार बुझाउँछ । परमेश्वरसँगको दैनिक हिडाई असल होस् भनेर पावलले दिनहु अर्ति दिन्थे । आज धेरै मानिसहरु जमातको पछि कुद्ने गर्छन् जो साँचो रुपमा ख्रष्टिलाई दैनिकी रुपमा खोज्दैनन् । तर पावल भने परमेश्वर सामु ग्रहणयोग्य जीवन जिओस् भन्ने चाहन्थे यद्धपि सङ्ख्या थोरै नै किन नहोस् ।
आज हामीले पनि आफ्नो आचरण नियाल्न आवश्यक छ । हाम्रो क्रियाकलापले पापलाई घृणा गर्न सक्नुपर्छ । यदि हामी बचाइएकाहरु हौँ भने पापप्रतिको दृष्टिकोण परमेश्वरको जस्तो हुनुपर्छ । हाम्रो गन्तव्य के हो भनेर विचार गरी योग्य जीवन जिउन प्रयत्न गर्नुपर्छ । जसरी एक राजकीय घरानामा जन्मेको बाललको रहनसहन बेग्लै हुन्छ, हामी पनि ख्रीष्टमा जन्मिएकाहरु हौँ ।
एक अर्थमा हेर्दा, परमेश्वरको राज्य अहिले पनि संसारमा छ (मत्ती १२ः२८; १३ः१–५२; रोमी १४ः१७; १ १कोर ४ः२०; कल.१ः१३) । तर यस पदमा ख्रीष्टको महिमामय र वास्तविक राज्यको विषयमा भनिएको हो जहाँ उहाँ शासन गर्नुहुनेछ । पावल सधै भावी महिमालाई विचार गरी सुयोग्य जीवन जिउन अर्ति दिन्छन् । धेरैपटक मानिस आपैm परमेश्वरको राज्य निर्माणमा लागिपर्छन, तर वास्तविक राज्य भने उहाँले मात्र निर्माण गर्नुहुन्छ र सक्नुहुन्छ । “राज्य” भन्ने शब्द राजासँग सम्बन्धित छ जहाँ ख्रीष्ट राजा हुनुहुनेछ ।
यहाँ “बोलाउनुहुन्छ” भन्ने शब्दले निरन्तर भइरहने कार्य जनाउछ । आज पनि निरन्तर रुपमा परमेश्वरले उहाँका राज्यमा निमन्त्रणा दिदै हुनुहुन्छ ।

पद १३. बाइबलमा ६६ पुस्तकहरु छन् जसलाई ४० लेखकहरुले लेखे जसमध्ये सम्पूर्ण परमेश्वरको वचन हो । बाइबलका कुनै पनि सन्देश वा वचन एक अर्कामा विवादित छैनन् । तर धेरै पटक मानिसको गलत अनुवादले वचनलाई बङ्ग्याउने गर्छन् । यहाँ पावलले कुनै मानिसको दर्शनभन्दा अद्धितिय प्रकाशद्वारा वचन बोलेको कारण थेसलोनिकीका मानिसहरुले विश्वास गरे । किनकी पवित्र आत्माले तिनीहरुमाझ रुपान्तरणको काम गर्दै हुनुहुन्थ्यो ।

पद १४. थेसलोनिकीका मानिसहरुले विश्वास गरेकाले धेरै विरोधीहरु आकार्षित भए । अघिका यहूदीहरुले कष्ट भोेगेभैm तिनीहरु पनि सोही रुपमा दुःख भोगे । ख्रीष्टको सत्य मार्ग पछ्याउनलेलाई प्राय कष्ट हुने नै गर्छ । किनकी चेला हुनु भनेको ख्रीष्टको अनुकरण गर्नु हो जुन शारिरीक रुपमा सजिलो हुदैन । यद्धपि कोही मानिसले तुरुन्तै वचन विश्वास गरेपनि पछि तर्किने गर्छन् (मत्ती १३ः२०–२१), जसरी ढुङ्गेनी जमिनमा वचन पर्नेलाई सतावट आयो । साचो रुपमा गरेको विश्वास सतावटको समयमा पनि स्थिर रहिरहन्छ ।
थेसलोनिकीहरुलाई सतावट विशेष गरी अविश्वासी यहूदीहरुबाट आउथ्यो । यद्धपि पावलले यहूदीहरु विश्वासमा आएको उत्कट चाहना गर्थे (रोमी ९ः१–३; १०ः१), तिनीहरुबाट नै बारम्बार तिनले सतावट भोगे (२ कोर. ११ः२४,२६) । सुसमारचामा यहूदीहरु बाधा भएको कारण परमेश्वरले केही समयको लागि तिनीहरुलाई त्याग्नुभएर आज अन्यजातिहरुमाझँ सुसमाचार आएको छ ।

पद १५. यहूदीहरुको तीव्र विरोधको कारण विगतमा तिनीहरुले अगमवक्ता र ख्रीष्टलाई मारे । हालको समयमा पनि तिनीहरुले पावल लगायत ख्रीष्टका अनुयायीहरुको कठोर विरोध गर्दैछन् । यहाँ “प्रभु” येशूलाई मारे भनिएको छ जसले ईश्वर र मानव बिचको दयनीय सम्बन्धलाई देखाउछ । यहाँ यहूदी भन्नाले त्यस्ताहरु हुन जसले सक्रिय रुपमा सुसमाचारको विरोध गरे । ख्रीष्टको मृत्युमा सम्पूर्ण मानव जाति नै दोषी छ । अगमवक्तालाई मारेको कारण ख्रीष्टले पनि यहूदीहरुलाई दोष्याउनु भयो (मत्ती. २३ः३१,३७; लूक. ११ः४७–४८) । मोहीहरुको दृष्टान्तमा पनि आफ्नै मृत्युको विषयमा येशूले यहूदीहरुलाई सङ्केत गर्नुभएको छ (मत्ती २१ः३३–४४) । स्तिफनसले पनि तिनीहरुलाई यही कुराको आरोप लगाए (प्रे. ७ः ५२) । अन्तमा स्तिफनसले “हे प्रभु, यो पापको दोष यिनीहरुलाई नलागोस्” भनी प्रार्थना गरे ।
यहूदीहरु आफ्ना परम्परामा कट्टर हुदै गए । रोमी इतिहासकार टासिटसले तिनीहरुलाई “कलङ्क” को उपनाम पनि दिए । यद्धपि तिनीहरु अलग्याइएको जाति भए तापनि आफ्नो कट्टर प्रथा र पापको कारण अन्यजातिहरुबाट समेत घृणित हुनुप¥यो ।

पद १६. यहूदीहरुले अन्यजातिहरुसँग बोल्नमा समेत बाधा थिए । सायद तिनीहरु पावलको सफलताप्रति डाही थिए । यद्धपि पावल पनि यहूदी नै थिए, तैपनि आफ्नैहरुबाट तिनलाई बाधा आयो । आफूले प्रेम गरेकाहरुबाट विरोध आउनु वास्तवमा असहनिय हुन्छ । यदि कोही विश्वासयोग्य भई ख्रीष्टको प्रचार गर्छ भने संसारबाट बाधा आउने निश्चित छ । यहाँ वर्तमान समयमा परमेश्वरको “क्रोध” तिनीहरुमाथि “परेको छ” भनिएको छ । ख्रीष्टको प्रथमा आगमनमा तिनीहरुले उहाँलाई राजाको रुपमा स्वागत गरेनन् । यद्धपि परमेश्वरको राज्य त्यस बेलादेखि आइसकेको थियो (मत्ती १२ः२८; लूका ११ः२०), यहूदीहरुको प्रत्यक्ष सहभागी नरहेकोले गुमाउनु प¥यो । यसरी इस्राएलको सुरुवतादेखि नै हरेक परमेश्वरको जनलाई तिनीहरु इन्कार गरे । यस पदमा “पापको नापो” भन्ने शब्द प्रकाश १५ मा भएको “कचौरा” सरह हो ।
पद १७. जसरी केही समयको लागि वञ्चित भएका छोराछोरीले आमा–बुबाको तृष्णा गर्दछ, पावल त्यस्तै चाहना गर्दैछन् । यहाँ “बिछोड” भन्ने शब्द (ग्री. एपोर्फनीस्थेन्ट्स्) टुहुरा हुनु जस्तै हो । थेसलोनिकीहरुसँग तीन सातामात्र सगैँ भई करिब ८–९ महिनापछि पावलले तिनीहरुसँग भेट्ने उत्कट इच्छा यस पत्रबाट व्यक्त गर्दछन् । तिनीहरुसँगको बिछोड पावलको निम्ति दुःखदायी थियो । तैपनि शरीरमा नभएपनि हृदयमा तिनीहरु सगैँ थिए र भेट्ने मौका हेर्दै थिए ।

पद १८. धेरै पटक प्रयास गर्दा पनि शैतानले रोकेको कारण पावलले व्यक्तिगत रुपमा भेटेर उत्साह दिन सकेनन् । कतिपटक परमेश्वर आपैmले कुनै काम गर्न रोक्नुहुन्छ, जसरी पवित्र आत्माले एशियामा प्रचार गर्न रोक्नुभयो (प्रे. १६ः६–७) । तर यहाँ भने शैतानले बाधा दिएका छ । आत्माले डो¥याउनु भएको हो वा शैतानले रोकेको भन्ने कुरा हामीले छुट्याउनु पर्छ । वास्तवमा परमेश्वर सबै कुरामा सार्वभौम हुनुहुन्छ । हुनसक्छ परमेश्वरले नै शैतानलाई रोक्न अनुमति दिनुभयो किनकी उहाँको अनुमति बिना परमेश्वरको जनको हानी गर्न शैतानले सक्दैन (अयूब १—२) । परमेश्वरको मण्डली र राज्य विस्तार परमेश्वरले नै गर्नुहुन्छ, र त्यसमा पावल एक औजार थियो ।

Leave a Reply