ख्रीष्टको महिमामय राज्य (भजन ७२)

ख्रीष्टको महिमामय राज्य (भजन ७२)

भजनसंग्रह ७२

यो खण्ड भजनसंग्रहको दोस्रो खण्डको अन्तिम अध्याय हो । यहाँ १९ पदमा आमेन शब्दमा समापन भएको छ । यस भजन पनि ख्रीष्ट–केन्द्रित भजन हो जसले मसिहको राज्यको विषयमा चर्चा गरेको छ । यो भजन सोलोमोनले लेखेको भजन वा सोलोमोनिको निम्ति लेखिएको भजन भन्न स्पष्ट छैन । तर हामी दाऊदले आफ्नो पुत्र सोलोमोनको निम्ति गरेको एक प्रार्थनाको रुपमा यस भजनलई लिनेछौँ । त्यसभन्दा पनि बढी यस भजनले दाऊदको सिंहासनमा सदासर्वदा राज गर्ने भावी राजा अर्थात ख्रीष्टको विषयमा उल्लेख गरेको छ ।
प्राचिन समयमा राजगद्धिमा आरोहण गर्दा राजाहरुका निम्ति भजन गाउने गरिन्थ्यो । यस भजन पनि राज्यधिकार परिवर्तन भई सोलोमानतर्पm केन्द्रित छ । तसर्थ उनको कुसल राज्य को निम्ति गरिएको एक प्रार्थना हो ।

१) हे परमेश्वर राजालाई तपाईंको न्यायले युक्त पार्नुहोस्, र राजपुत्रलाई तपाईंको धार्मिकताले ।
दाऊदे भने “मलाई तपाईको न्याय दिनुहोस्” । यद्धपि दाऊद अधिकारयुक्त राजा भए तापनि परमेश्वरबाटको न्याय मागे । आज पनि ओहोदामा भएका हरेकले यस्तै प्रार्थना गर्नु असल हुन्छ । दाऊद आफ्नै ज्ञानमा मात्र भर परेका छैनन् जुन एक बुद्धिमानि निर्णय हो । सोलोमोनको जिवनमा यो प्रार्थना पुरा भएको छ । उनले राज्य सञ्चालनको निम्ति परमेश्वरबाट ज्ञान मागे । हाम्रा निर्णहरुमा पनि आज परमेश्वरको इच्छा छ कि छैन भनी विचार गर्नुपर्छ ।
अधिकारमा भएकाहरुले विचार गर्नुपर्छ मानिस परमेश्वरको हो र तिनीहरुलाई अगुवाई गर्न ईश्वरीय मार्ग चाहिन्छ । मानिसको प्रथम कर्तव्य भनेको ईश्वरप्रति हुन्छ । तसर्थ वर्तमान समयमा प्रजातन्त्र, राजतन्त्र वा जुनसुकै प्रणाली भएपनि सर्वप्रथम परमेश्वरप्रति उत्तरदायी हुनुपर्छ ।

२) उनले तपाईका प्रजालाई धार्मिकतासाथ न्याय गर्नेछन्, तपाईंको पिडित जनहरुलाई न्यायसाथ इन्साफ गर्नेछन् ।
३) डाँडाहरुले मानिसहरुका निम्ति समृद्धि ल्याउनेछन् पहाडहरुले धार्मिकताको फल ल्याउनेछन् ।

कुनै पनि शासनको नैतिक मापन गर्ने प्रथम तत्व भनेको धार्मिकता हो । तसर्थ यस अध्याय पनि धार्मिकताको राज्यबाट सुरु भएको छ । सोलोमोनको शासनकाल शान्तिपूर्ण भयो । उनको समयमा इस्राएलले कुनै युद्ध झेल्नुपरेन र राष्ट्रको आर्थिक रुपमा पनि उन्नती भयो । सोलोमोन नाम को अर्थ पनि ‘सालेम’ बाट आएको हो जसको अर्थ शान्ति हो ।
डाँडा र पहाडले कहिलेकाही मानिसको राज्य र शासनलाई पनि जनाउछ । पिडितलाई न्याय दिनु एक शासक वा राजासँग हुनपर्ने अत्यावश्यक गुण हो । वास्तवमा यी गुणहरु ईश्वरीय गुणहरु हुन् । व्यवस्था १७ अनुसार एक शासकनले परमेश्वरको भय मान्नुपर्छ ताकि उसले न्यायपुर्वक परमेश्वरको प्रजाको अगुवाई गरोस् ।

४) उनले मानिसहरुमध्येका पीडितलाई रक्षा गर्नेछन्, र दरिद्रता छोराछोरीहरुलाई बचाउनेछन्, उनले अत्याचारीलाई दमन गर्नेछन् ।
यहाँ येशू ख्रीष्टको राज्यलाई देखाएको छ । उहाँ संसारमा हुनुहुदा सुकर्म गर्दै र दियाबलसबाट पेलिएकाहरुलाई निको पार्दै हिड्नुभयो (प्रे. १०ः३८) ।

५) घाम र जुन रहुञ्जेल रारा पुस्ताभरि उनी बाँचिरहनेछन् ।
६) उनी काटिएको चउरमा परेको वषाभैmँ हुनेछन्, पृथ्वीलाई सिँचाइ गर्ने झरीभैmँ ।

ख्रीष्टमा राज्यमा पृथ्वी फलिफाप हुनेछ । आज हाम्रो देशको राजनिति अस्तव्यस्त छ । भैmझगडा, अशान्ति, गुटवन्दी, आदि कुराहरुले मानिसबाटको आशा व्यर्थ हो भन्ने देखाउछ । तर ख्रीष्टको धार्मिकताको राज्यमा सम्पूर्णले विश्राम पाउनेछन् ।

७) उनको राज्यकालमा धर्मीहरुको फलिफाप हुनेछ, र जून रहूञ्जेल उन्नति प्रशस्त हुनेछ ।
आजको युगमा अधर्मीहरु फलिफाप भएको देखिन्छ । पीडितको पक्षमा न्याय दिनै कोही पनि छैन । संसार आज अनैतिकताले भ्रष्ट भएको छ । आधुनिक प्रविधीको कारण विभिन्न अनैतिक र अश्लील कुराहर आज मानिसको हातहातमा सजिलै उपलब्ध छ । दृष्टता हाम्रो समाजमा पाच्य भइसकेको छ । हाम्रो सरकार र विधानमा पनि यस्ता कुराहरु पारित भइसकेका छन् । अब यसबाट मुक्ति केवल ख्रीष्टले मात्र गर्न सक्नुहुन्छ ।
अधर्मीले राज्य गर्दा कहिल्यै शान्ति हुदैन । हाम्रो समाजाम सत्ता र शक्तिको निम्ति लोभ र झगडा हुने गर्छ । यहाँ एउटाले अर्कालाई गिराउन युद्ध समेत गर्न तत्पर हुन्छन् । तर जब धार्मिकता स्थापित हुनेछ त्यहाँ शान्ति हुनेछ । ख्रीष्टको राज्य चाडै र निश्चय रुपमा स्थापित हुनेछ जुन समय पृथ्वीको उन्नति हुनेछ ।
८) उनले एउटा समुद्रदेखि अर्को समुद्रसम्म, र यूफ्रेटिस नदीदेखि पृथ्वीको सिमानासम्मै राज्य गनेछन् ।

परमेश्परले अब्राहामलाई प्रतिज्ञा गर्नुभयो कि तिनका सन्तानले मिश्रदेखि महानदि युफ्रेटिसम्म प्राप्त गर्नेछन् (उत. १५ः१८), र यहि प्रतिज्ञा मोशाद्वारा सुनिश्चित गर्नुभयो (प्रस. २३ः३१) । दाऊद र सोलोमनले धेरै भूभाग राज्य गरे (१ राजा ४ः२१,२४; १ इति. ९ः२६), तर समस्त पृथ्वीमा भने गरेनन् । केवल ख्रीष्टले मात्र यो पुरा गर्न सक्नुहुन्छ । तसर्थ यस पदले आशिंक रुपमा येशूको राज्यलाई सकेंक गरेको छ । उहाँको दोस्रो आगमनपछिको हजार वर्ष राज्यमा यो पुरा हुनेछ (भजन २ः८; जक. ९ः९,१०; मिका. ४ः१–५; लूक. १ः३३) ।

९) मरुभूमिका जातिहरु उनको सामने झुक्नेछन् उनको शत्रुहरुले धूलो चाट्नेछन् ।
१०) तर्शीश टाढाका सामुद्रिक किनाराका राजाहरुले उनीकहाँ कर ल्याउनेछन्, शेबा र सेबाका राजाहरुले उनलाई भेटी चढाउनेछन् ।
१०) तर्शीश टाठाका सामुद्रिक किनाराका राजाहरुले उनीकहाँ कर ल्याउनेछन्, शेबा र शेबाका राजाहरुले उनलाई भेटी चढाउनेछन् ।
११) सबै राजाहरु उनको अगाडी घोप्टो पर्नेछन्, र सबै जातिहरुले उनको सेवा गर्नेछन् ।
सोलोमोनको शासनकालमा टाढाटाढाका राष्ट्रहरुले सुन लगायत बहुमुल्य थोकहरु उनको सामु ल्याए । १ राजा १० मा सोलोमोनका जहाजहरु तर्शीश हुदै टाढासम्म जान्थे ।

१२) किनकि दरिद्रहरुलाई जसले पुकारा गर्छन्, र सहायता नपाएका गरीबहरुलाई उनले उद्वार गर्नेछन् ।
यस भजनमा सोलोमोनका सम्पन्न राज्यको विषयमा मात्र उल्लेख नभएर न्याय र धार्मिकताको विषयमा पनि छ । शेबाले पनि उनको असल न्याय विषयमा चर्चा गरिन् ( १ राजा १०) । परमेश्वर मानिसको वास्ता गर्नुहुन्छ र कसरी तिनीहरु रहनुपर्छ भन्ने विषयमा चासो राख्नुहुन्छ । मोशाको व्यवस्थाको आधाभन्दा बढी विषयहरु समाजिक न्याय र मुल्यतामा केन्द्रित छ । येशू आपैmले पनि छिमेकिलाई प्रेमको गर्नुको सर्वोच्चता प्रकट गर्नुभयो ।

१३) कमजोर र दरिद्रलाई उनले टिठ्याउनेछन् दरिद्रहरुको प्राण बचाउनेछन् ।
१४) अत्याचार र हिंसाबाट उनले तिनीहरुको प्राण मोल तिरेर छुटाउनेछन्, किनकि उनको दृष्टिमा तिनिहरुको रगत बहुमुल्य छ ।

आज अत्याधिक रुपमा अत्याचार भएकोले मानिसको जिवनको मोल पनि घट्दै गएको छ । हत्या, हिंसा र झगडा यति सामान्य भइसकेको छ कि दिनहु यस्ता समाचार पाउने गर्छौ । यी सब हुनुको एउटा कारण परमेश्वरबाट अलग हुनु हो । गर्भपतनको कारण प्रत्येक दिन आज धेरै बालकहरु नष्ट भएरहेका छन् । जबसम्म परमेश्वरको चेतना मानिसमा हुदैन तबसम्म मानिस सभ्य हुन सक्दैन । अहिले पनि सुसमाचार नपुगेका कतिपय अफ्रिकी मुलकमा मासांहारी स्वभावमा मानिसहरु छन् । तसर्थ जहाँ इसाई नैतिकता हुदैन त्यहाँ जिवनको मोल हुदैन । मानिस केवल क्षणिक ससांरका अभिलाषा र प्राप्तमा हुत्तिरहेका छन् । तर सारा संसार हात पारेर आफ्नो आत्मा गुमाउदा के लाभ हुन्छ र ? ख्रीष्टको कारण आज इसाईहरुले जिवनको मुल्यको विषयमा धेरै नै बुझ्ने मौका पाएका छौँ । किनकी उहाले हामीले ठूलो मोल तिरेर छुटकारा गर्नुभएको छ ।

१५) उनी दिर्घायु होऊन्, शेबाको सुन उनलाई भेटीस्वरुप दिइयोस् । उनको निम्ति मानिसहरु निरन्तर प्रार्थना गरुन्, दिनभरी तिनीहरुले उनलाई धन्यको भनून् ।
१६) देशभरी अन्न भरीपूर्ण होस्, डाँडाका टाकुराहरुमा त्यो लहलह होस् । त्यसको फल लेबनानभैmँ फस्टाओस्, त्यो जमिनको घाँसभैmँ मौलाओस् ।

ख्रीष्टको राज्य अत्यन्तै महिमामय हुनेछ । त्यसैले हामी पार्थना गर्छौ “तपाईंको राज्य आओस्, तपाईंको इच्छा स्वर्गमाभैmँ यस पृथ्वीमा पुरा होस् ।”
१७) उनको नाउँ सदा रहिरहोस्, उनको किर्ति सूर्यभैmँ निरन्तर रहोस् । सबै जाति–जातिहरुले उनिद्वारा आशिस् पाउनेछन्, र तिनीहरुले उनलाई धन्यको भन्नेछन् ।
सबै नाउहरुभन्दा उच्च येशूको ख्रीष्टका नाम छ । परमेश्वरले उहाँलाई उच्च पार्नुभएको छ र सबैले उहाँको सामुन्ने घुँडा टेक्नुपर्छ । उहाँको नाम सदासर्वदा रहिरन्छ ।
१८) परमप्रभु परमेश्वर, इस्राएलका परमेश्वरको प्रशंसा होस्, उहाँले मात्र उदेकका काम गर्नुहुन्छ ।
१९) उहाँको महिमामय नाउँको सदासर्वदै प्रशंसा होस्, सारा पृथ्वी उहाँको महिमाले भरपूर होस् । आमेन अनि आमेन ।
२०) यिशैका छोरा दाऊदा प्रार्थनाहरु उहाँ समाप्त हुन्छन् ।

यस अध्यायपछि भजनसंग्रहको तेस्रो खण्ड सुरु हुदछ । यसपछि पनि दाऊदको अन्य भजनहरु छन् । तर धेरै विज्ञहरुका अनुसार यो दाऊदको अन्ति भजन हो । यदि यसो हो भने यो अति नै सुन्दर भजन हो जसले ख्रीष्टको महिमामय राज्यको वर्णन गरेको छ ।

पंचग्रन्थ र भजनसंग्रहमा समानता
१. उत्पती मानिसको विषयमा भजनसंग्रह १ — ४१
२. प्रस्थान उद्वारको विषयमा भजनसंग्रह ४२ — ७२
३. लेवी पवित्रीकरण भजनसंग्रह ७३ — ८९
४. गन्ती उजाडस्थानमा भौतिरिएको भजनसंग्रह ९० — १०६
५. व्यवस्था परमप्रभुको वचन भजनसंग्रह १०७ — १५०

Leave a Reply