किन पावलले पत्रुसको विरोध गरे (गलाती २ः११-२१)

किन पावलले पत्रुसको विरोध गरे (गलाती २ः११-२१)

११. तर जब केफास एन्टिओखियामा आए, तब मैले उनलाई खुल्लामखुल्ला विरोध गरें । किनकी उनी दोषी दिए ।
प्रेरित पत्रुसलाई धेरै यहूदीहरुले प्रमुख प्रेरितको रुपमा मान्ने गर्छन् । यस पदले देखाउछ कि पत्रुस पनि पूर्ण रुपमा दोषरति थिएनन् । यद्धपि पावल र पत्रुस एउटै आत्मा, ख्रीष्टको एकै शरीर र एउटै आशाको दौडमा दौडिरहेका थिए तिनीहरुका आचरणमा भिन्नता थियो ।

वास्तवमा परमेश्वरको जन पनि पूर्ण रुपमा तृटिहिन हुँदैनन् । त्यसैले अगुवा र उच्च पदमा भएकाहरुका निम्ति प्रार्थना गर्नुपर्छ (१ तिमो. २ः२) । जानि वा नजानि तिनीहरुले बाटो बिराएमा निडरताको साथ उचित सल्लाह दिनुपर्छ । यहाँ पावल पनि नडराइकन पावलको विरोध गरे ।

१२. याकूबले पठाएका मानिसहरु आउनुभन्दा अघि उनले अन्यजातिहरुका साथमा खाने गर्दथे ।
पत्रुस प्रथमपटक एन्टिओखमा आउन स्वतन्त्र भई अन्यजातिहरुसँग खानपिन गर्थे । आफ्नो यहूदी प्रथाअनुसार उनले यस्तो काम गर्न नपर्ने हो । तर यरुशलेमबाट याकूबले पठाएका मानिसहरुका उपस्थितीमा उनले यस्तो नगरेर कपटपूर्ण व्यवहार गरे । वास्तवमा याकूब स्वयंमले आदेश दिएर ती मानिसहरु गएका थिएनन् तर स्वइच्छाले अस्थिरता निम्त्याउन गएका थिए (प्रे १५ः२४) । प्रेरित १५ अध्यायमा भएको निर्णयअनुसार नै तिनीहरु स्वतन्त्र रुपमा अन्यजाति मण्डलीमा प्रवेश गर्न अनुमती पाए (प्रे १५ः२८,२९) । तिनीहरु यहूदी इसाईहरु थिए व्यवस्थाको बन्धनमा बाँधिएका थिए । तिनीहरुमा मनोसाय आपैmमा गलत त थिएन तर परमेश्वरको योजनामा यो बेठिक थियो । यहाँ पत्रुस तिनीहरुसँग डराएर सत्यतामा हिड्नबाट तर्किए । यद्धपि प्रेरित १० अध्यायमा हरेक अशुद्ध थोक खाने विषयमा प्रष्ट प्रकाश पाए तापनि तिनी बहकिए । अन्यजातिहरुसँ पावलको सम्बन्ध केही समयको लागि मात्र भयो । त्यसैले होला आफ्नो बाल्यकालदेखिको यहूदी आचरण हटाउन सकेनन् । उनको यस्तो व्यवहारले अझै पनि शुद्ध र अशुद्धप्रतिको आफ्नो आचरण देखाउछ । ख्रीष्टको धार्मिकताको नियमभन्दा मोशाको नियम उनमा प्रवल भयो । पावलले पत्रुसलाई भेटेको यो तेस्रो पटक थियो । यस पटक उनले पत्रुसलाई हप्काएका छन् । यस कुराले उनको स्तवन्त्र प्रेरितपन देखाउछ ।
“मान्छेको डर एउटा पासोजस्तो हो, तर परमप्रभुमा भरोषा राख्ने मानिस सुरक्षित रहन्छ (हितो. २९ः३१) ।”

आज भौगोलिक अवस्था अनुसार विविधता भए तापनि ख्रीष्टमा हामी एकै हौँ र एक अर्कासँग सङ्गती गर्न रोकिनुहुन्न ।

१३.अरु बाँकी यहूूदीहरुले पनि त्यस्तै कपटपूर्ण काम गरे । यहाँसम्म कि थिनीहरुका कपटपूर्ण व्यवहारले गर्दा बरनाबास पनि भड्केर गए ।
अन्य प्रेरितहरु पनि यस्तै पाखण्डी व्यवहार गर्न थाले । यद्धपि बारनाबास विश्वासयोग्य र पावलको निकट भए तापनि उनी पनि यस्तो वातावरणबाट अछुत रहेनन् । बारनाबास र पावल मर्कूसको विषयमा छुटिए तापनि तिनीहरु असल मित्रहरु रहिरहे (१ कोर ९ः६; प्रे १५ः३६–४०) । मर्कूसँग पनि पावलको मिलात हुँदछ (२ तिमो ४ः११) । पछि गएर पावलले सिलासँग सहकार्य गर्दै सिरिया र किलकियाका मण्डलीलाई उत्साह दिन्छन् ।
हाम्रा व्यवहारले वरवरको मानिसहरुलाई प्रत्यक्षा असर पार्ने हुनाले ध्यान दिनुपर्छ ।

१४. तर जब सुसमाचारको सत्यताबमोजिम तिनीहरु नचलेको मैले देखें, तब मैले तिनीहरु सबैका सामुन्ने मैले केफासलाई भनें, “तपाईं यहूदी भईकन अन्यजातिहरुजस्तै चल्नुहुन्छ भने, अन्यजातिहरुलाई यहूदीजस्तै जिउन कसरी कर लाउनुहुन्छ ?”
केही समयको लागि पत्रुस अन्यजातिहरुजस्तै भएर हिडे । तर फेरी यहूदी आचारण नै अपनाउनु भनेको अरुहरुलाई पनि यहूदी प्रथामा ल्याउनु हो । यसो गर्दा साचो सुसमाचारको सत्यता धरापमा पर्छ ।
आज रोमन क्याथोलिक मण्डलीले पत्रुसलाई प्रथम पोपको रुपमा लिन्छन् । तर पत्रुस आपैmमा सिद्ध व्यक्ति थिएन जसको अस्थिर आचरण यहाँ देख्न सक्छौँ । पत्रुस (चट्टान) माथी मण्डली स्थापना हुनुको मतलब येशूको सिद्धान्तमा स्थापित हुनु हो (मत्ती १६ः१८) ।
यद्धपि पत्रुस पवित्र आत्माले भरिपूर्ण थिए, तिनले गलत गरेको बेला पावलले सच्याउने काम ग¥यो ।

“आफ्नो भाइबन्धुसित दुश्मनी नराख । आफ्नो छिमेकीलाई खुल्लमखुल्ला हप्काओ, नत्रता तँ पनि त्यसको अपराधमा साझेदारी होलास् (लेवी १९ः१७) ।”

१५. हामी जन्मैका यहूदी हौं, र अन्यजातिजस्तै पापी होइनौं,
१६. र पनि हामी जान्दछौं, व्यवस्थाका कामद्वारा मानिस धर्मी ठहरिँदैन, तर येशू ख्रीष्टमाथिको विश्वासद्वारा धर्मी ठहरिन्छ । यसकारण हामीले पनि हाम्रो विश्वास ख्रीष्ट येशूमा राख्यौं, ताकि हामी व्यवस्थाका कामद्वारा होइन तर ख्रीष्टमा राखिएको विश्वासद्वारा धर्मी ठहरिन सकौं, किनकी व्यवस्थाका कामद्वारा कोही पनि धर्मी ठहरिँदैन ।
पत्रुसको यस्तो व्यवहारले अन्यजातिलाई तुच्छ ठानी यहूदीहरुको श्रेष्ठता देखाएको थियो । आफ्नो व्यवहारमा उनी सचेत हुनुपर्ने थियो (प्रे १०; ११ः१–८) । वास्तवमा यहूदीहरुलाई थाहा थियो कि व्यवस्थामा मुक्ति छैन । पुरानो करारमा पनि व्यवस्थाद्वारा कोही धमी ठहरिएका थिएनन् (भजन १४३ः२) । यसरी थाहा भएर पनि अन्यजातिलाई व्यवस्थाको भारी बोकाउनु भनेको तिनीहरुमा श्राप खन्याउनु सरह थियो । व्यवस्थाले यो नगर त भन्छ तर त्यसो नगर्न सामर्थ दिँदैन । वास्तवमा व्यस्वथाको उद्वेश्य भनेको पापको चेतन प्रकट गर्नु थियो, पापबाट मुक्ति दिनु होइन ।
यहाँ पावलले त्यही कुरा पत्रुसलाई व्यक्त गरे जुन कुरामा तिनीहरु सहमत थिए । पत्रुसको व्यवहार विश्वास अनुसार नभएर मात्र यहाँ औलाइएको हो ।

१७. तर यदि ख्रीष्टमा धर्मी ठहरिने प्रयत्न गर्दा हामी पापी भेट्टाइन्छौं भने, ख्रीष्टले पापलाई प्रोत्साहन दिनुहुन्छ त ? कदापि होइन ।

पत्रुस र पावलको धर्मीकरण ख्रीष्टमाथिको विश्वासद्वारा थियो । तर येशू ख्रीष्टको कामलाई पूर्ण नठानी अन्य कुराहरुद्वारा धार्मीकता आर्जन गर्ने प्रयास गर्दा पाप भटाइन्छ । तसर्थ ख्रीष्टबाहेक कुनै पनि कुरा गर्दा पापको दोषी भइन्छ र हामीमा ख्रीष्टियन आचरण भेटिदैन । ख्रीष्टले कहिल्यै व्यवस्थालाई प्रोत्साहन दिनुहुन्न जसले केवल दोषी ठह¥याउछ । यदि कोही व्यवस्थाका कामहरुमा लागिरहन्छ भने आपैmलाई धर्मी नठानी कामद्वारा प्रयास गर्नु हो ।

१८. किनकी आपैmले भत्काएको कुरा मैले फेरी बनाएँ भने, आपैmले आपैmलाई म अपराधी हुँ भन्ने साबित गर्छु ।
ख्रीष्टको खातिर पत्रुसले एकपटक व्यवस्था र यहूदी प्रथा त्यागेका थिए । तर अब अन्यजातिहरुसँग भोजनबाट अलग भएर फेरी त्यही प्रथा निर्माण गर्न लागे । यसो गर्दा पत्रुसले आपैmलाई अपराधी साबीत ग¥यो । कि त व्यवस्था छोडि ख्रीष्टलाई पछ्याउनु गलत थियो कि त ख्रीष्टलाई छोडि व्यवस्थमा फर्किनु गलत थियो भन्ने कुरा पत्रुसको व्यवहाले देखाउछ । अन्यजातिहरुसँग छोडेर व्यवस्थामा ढल्किनुको कारण पत्रुसले यहूदीहरु अन्यभन्दा उच्च ठानेर हो ।

सायद पावलको यस हप्काइले पत्रुसलाई प्रभाव पा¥यो किनकी उनले लेखेका छन्, “हाम्रा प्रभुको धैर्यलाई मुक्तिझैँ ठान । हाम्रा प्रिय भाइ पावलले पनि उनलाई दिइएको बुद्धिअनुसार तिमीहरुलाई यही कुरा लेखे । उनका सबै पत्रहरुमा पनि उनले यी कुराहरुको उल्लेख गरेका छन् । तिनमा कुनै–कुनै कुराहरु बुझ्न कठिन छन्, र अशिक्षित र चञ्चल मानिसहरुले यी कुराहरुलाई अरु धर्मशास्त्रहरुलाई जस्तै उल्टापुल्टा पार्छन्, र आफ्नौ विनाश ल्याउछन् (२ पत्र ३ः१५–१६) ।”
आज यी धर्मशास्त्रका पाठहरु परमेश्वरबाट हाम्रो लागि दिइएको हो । किनकी, “सम्पूर्ण पवित्र–शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदाएक हुन्छ (२ तिमो ३ः१६) ।”

१९. किनकी परमेश्वरको निम्ति म जिउन सकूँ भनेर व्यवस्थाद्वारा व्यवस्थाको लेखि म मरेको छु ।
व्यवस्थाले मरेको मानिसलाई प्रभाव पार्न सक्दैन । हामी व्यवस्थाको खातिर मरेका छौँ (रोम ७ः४; ६ः१४), ख्रीष्टसँग त्रूmसमा मरेका छौँ (पद २०), उहाँसँग गाडिएका छौँ (रोम ६ः३,४), उहाँसँगै बौरि उठेका छौँ (रोम ६ः८–११) र स्वर्गीय स्थानहरुमा उहाँको साथमा छौँ (एफि २ः४–६) ।
मानिस पवित्रतामा जिउन सक्ने एउटै उपाए भनेको ख्रीष्टको धार्मिकतामा जिएर हो ।

२०. म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइन तर ख्रीष्ट ममा जिउनुहुन्छ । जुन जिवन म शरीरमा म अहिले जिउँछुु, त्यो परमेश्वरको पुुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आपूmलाई अर्पण गर्नुभयो ।

हामी व्यवस्थाको खातिर ख्रीष्टसँग मरिसकेको छौँ । तसर्थ व्यवस्थाले दुईपटक पापको दण्ड दिन सक्दैन । हाम्रो पापको ऋण चुक्ता भएको प्रमाण ख्रीष्ट हुनुहुन्छ (कल २ः१४) । परमेश्वरले संसारको उत्पत्तिभन्दा अघि नै मानिसलाई उद्वार गर्ने योजना गर्नुभएको थियो (एफि १ः३–५) ।

व्यवस्था र अनुग्रहको तुलनाः

  • व्यवस्था सिद्ध छ, त्यसैले अपूर्ण मानिसले पालना गर्न सक्दैन ।
  • व्यवस्था पवित्र छ, त्यसैले यसले पापीलाई दोष्याउछ ।
  • व्यवस्था धर्मी छ, त्यसैले यसले दोषीलाई कृपा गर्दैन ।
  • व्यवस्थाले निषेध गर्छ, तर अनुग्रहले निमन्त्रण दिन्छ ।
  • व्यवस्थाले पापीलाई दोष्याउछ, अनुग्रहले पापीलाई उद्वार गर्छ ।
  • व्यवस्थाले पाप देखाउछ, अनुग्रहले पापको प्रायश्चित गर्छ ।
  • व्यवस्थाद्वारा पापको ज्ञान हुन्छ, अनुग्रहद्वारा पापबाछ उद्वार हुन्छ ।
  • व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह ख्रीष्टद्वारा दिइयो ।
  • व्यवस्थाले आज्ञाकारीताको माग राख्छ, अनुग्रहले आज्ञापालन गर्ने सामर्थ दिन्छ ।
  • व्यवस्थाले यो गर त्यो गर भन्छ, अनुग्रहले सबै पूर्ण भयो भन्छ ।
  • व्यवस्थाले काम गर भन्छ, अनुग्रहले अब सिद्धियो भन्छ ।
  • व्यवस्थाले श्राप ल्याउछ, अनुग्रहले आशिष् ल्याउछ ।
  • व्यवस्थाले पापीमा मृत्यु ल्याउछ, अनुग्रहलाई पापीलाई जिवन दिन्छ ।
  • व्यवस्थाले सबैको मुख चुप गराउछ, अनुग्रहले परमेश्वरको प्रशंसा गर्ने तुल्याउछ ।
  • व्यवस्थाले सबैभन्दा असल मानिसलाई दोष्याउछ, अनुग्रहले सबैभन्दा खराब मानिसलाई बचाउछ ।
  • व्यवस्थाले खराबीको हेक्का राख्छ, अनुग्रहले क्षमा दिन्छ ।
  • व्यवस्थाले पापको ज्याला मृत्यु ल्याउछ, अनुग्रहले परमेश्वरमा अनन्त जिवन ल्याउछ ।
  • व्यवस्थाको अन्त ख्रीष्टमा पूर्ण भयो, अनुग्रह सदासर्वदा रहिरहन्छ ।
  • व्यवस्थाले दासत्वमा ल्याउछ र अनुग्रहले स्वतन्त्रता ल्याउछ ।

२१. परमेश्वरको अनुग्रह म पन्साउँदिनँ, किनकि व्यवस्थाद्वारा धर्मी ठहरिने हो भनेता ख्रीष्ट व्यर्थैमा मर्नुभयो ।
येशू ख्रीष्टले गेतसमनीको बगैचामा भन्नुभयो, हुन सक्छ भने यो कचौरा मबाट हटाइदिनुहोस् । तर धार्मिकताको उपाय त्रूmस बाहेक अर्को थिएन । तसर्थ व्यवस्थाद्वारा धर्मी हुन प्रयत्न गर्नु भनेको उहाँको मृत्यु व्यर्थ हो भन्नु हो । ख्रीष्टको अनुग्रहमा कुनै सर्त छैन नता कसैले यसलाई कमाउन नै सक्छ । कामद्वाराको मुक्ति नै आजको मण्डलीको ठूलो समस्या हो । यस सिद्धान्तबाट नै हरेक झूटा शिक्षाहरु उत्पन्न भएका छन् ।

Leave a Reply