इस्राएलीहरुबाट हामी के सिक्न सक्छौँ ? (यहूदा ५)

इस्राएलीहरुबाट हामी के सिक्न सक्छौँ ? (यहूदा ५)

५. तिमीहरुले यी सब कुरा एक पल्ट जानेकै थियौ, तापनि अहिले म तिमीहरुलाई याद दिलाउन चाहन्छु, कि मिश्रदेशबाट बचाएर ल्याइएका मानिसहरुमध्ये विश्वास नगर्नेलाई परमप्रभुले पछिबाट नष्ट पार्नुभयो ।
यस्तो होइन कि संसारमा जतिसुकै अधर्म भएपनि परमेश्वर केही गर्नुहुन्न । उहाँसँग नाश गर्ने पूर्ण अधिकार छ । यदि मानिस पाप गरिरहन्छ, अथवा अविश्वास गर्छ उहाँले त्यसलाई नष्ट गर्न सक्नुहुन्छ । यद्धपि मिश्रमा फारोको दासत्वबाट छुटकारा पाई बचाइने लाखौँ भए तापनि दुईजनामात्र प्रतिज्ञाको मुलुकमा प्रवेश गरे । आज पनि धेरैजना शैतानको दासत्वबाट छुटकारा पाएर लाल समुद्र पार गरेका त छन् तर ख्रीष्टको पूर्णतामा जिउन सकेका छैनन् । धेरै मानिसहरु आज अविश्वासको कारण उजाड स्थानमा भौतारिदै छन् । मुक्ति पाए तापनि तिनीहरु ख्रीष्टको आत्मामा पूर्ण आशिषको जीवनबाट बञ्चित छन् ।
परमेश्वरले आफ्नाहरुलाई चिन्नुहुन्छ र तिनीहरुलाई कहिल्यै नष्ट हुन दिनुहुन्न (यूह. १०ः२८) । तिनीहरु कहिल्यै तिर्खाउने छैनन् (यूह. ४ः१४) । तर इस्राएलको विषयमा हेर्दा, के तिनीहरु साच्चै बचाइएका थिए त ? उहाँले तिनीहरुलाई “मेरो प्रजा” भनी सवोंधन गर्नुभयो (प्रस. ३ः७; ५ः१; व्य. ३ः२९) । उहाँले तिनीहरुलाई निस्तार चाड दिनुभएर मिश्रबाट उद्वार गर्नुभयो जसले ख्रीष्टको बलिदानलाई सङ्केत गर्छ । तर यहाँ उद्वार भन्नाले केवल दासत्व मात्र नभएर भित्री रुपमा बुभ्mनुपर्दछ । इस्राएलीहरुले पछि गन–गन गरे र भने “हामी मिश्रदेशमा नै मरेका भए असल हुनेथियो, अथवा यस उजाड–स्थानमा मरेका भए पनि हुन्थ्यो” (गन्ती १४ः१–२) । तिनीहरुका माग–अनुसार सबैजना उजाड–स्थानमा नै मरे (गन्ती १४ः२८,२९) ।

१ कोरिन्थी १०ः१—१४ सर्वेक्षण

पद ११. यी कुराहरु तिनीहरुलाई उदाहरणको रुपमा भएथे र हाम्रै शिक्षाको निम्ति लेखिएका हुन्, जसमाथि युग–युगको अन्त्य आइसकेको छ ।
पुराना कुराहरु व्यर्थका कथामात्र नभएर चित्रात्मक रुपमा हाम्रो लागि लेखिएको हो । यसरी पनि वर्तमानसँग तुलना गर्न सक्छौँः मिश्र—संसार, फारो— शैतान र त्यसका सेना, मोशा— उद्वारक ख्रीष्ट, लाल समुद्र— बप्तिस्मा, बादर र आगोको खाामो— पवित्र आत्मा, मन्न— जीवनको रोटी, चट्टानबाट पानी— जीवित पानी ।

पद ४–५. सबैले आत्मिक पानी पिए, किनकी तिनीहरुका साथसाथै हिँड्ने आत्मिक चट्टानको पानी तिनीहरुले पिए र त्यो चट्टानचाहिँ ख्रीष्ट नै हुनुहुन्थ्यो । तापनि तिनीहरुमध्ये धेरैजसोसँग परमेश्वर प्रसन्न हुनुभएन, र तिनीहरु मरुभूमिमा नष्ट भए ।
होरेबदेखि कादेशबर्नेशसम्म जान जम्मा एघार दिन लाग्छ (व्यव. १ः१) । तर एस्राएलीहरु ३८ वर्षसम्म उजाड–स्थानमा घुमिरहे । यसबाट हामी सिक्न सक्छौ कि आज हाम्रा सम्पूर्ण अविश्वास, सङ्का र हारलाई छोडेर विजयतर्पm बढ्नुपर्छ । कनान (स्वर्ग) हाम्रो अन्तिम गन्तव्य होइन, यर्दन (मृत्यु) हाम्रो अन्तिम बाधक होइन, तर ख्रीष्टमा हुनु नै हाम्रो पूर्णता हो ।
आज पनि मण्डलीमा धेरैजना जीवित जस्तै देखिए तापनि मरेका छन् (प्रकाश ३ः१) । तसर्थ उहाँले जागा रहन आज्ञा दिनुभएको छ ।

पद ७. तिनीहरुमध्ये कतिझैँ तिमीहरु मूर्तिपूजक नहोओ । जस्तो लेखिएको छ, “मानिसहरु खान र पिउनलाई बसे, अनि नाच्नलाई उठे ।”
अगुवा नभएको बेला इस्राएलीहरु आपूmखुशी गरे र सुनको बाच्छा बनाएर मूर्तिपूजा गरे । मूर्ति भनेको आज ख्रीष्टको स्थान लिने कुनै पनि कुरा हुनसक्छ । यूहन्नाले विश्वासीहरुलाई भनेका छन्, “साना बालकहरु, आपूm–आपूmलाई मूर्तिहरुबाट जोगाएर राख” (१ यूह. ५ः२१) ।

पद ८. हामी व्यभिचारमा फस्नुहुँदैन, जसरी तिनीहरुमध्ये कति जना फसे , र एकै दिनमा तेईस हजार मरेका थिए ।
आजको प्रविधियुत्त युगमा अशुद्धता विभिन्न रुपमा छन् । चलचित्र, टेलिभिजन, पत्र–पत्रिका, सङ्गीत, आदि । आज हामी स्वतन्त्रताको निम्ति बोलिइएका छौँ, तर यस स्वतन्त्रतालाई शारिरीक पापको निम्ति प्रयोग गर्न हुदैन (गला. ५ः१३) ।

पद ९. हामीले प्रभुको परिक्षा गर्नुहुँदैन, जसरी तिनीहरुमध्ये कतिले गरे, र सर्पहरुद्वारा नष्ट भएका थिए ।
इस्राएलीहरुले उजाड–स्थानमा कसरी ख्रीष्टको परिक्षा गरे ? तिनीहरुले मन्नको आज्ञालाई इन्कार गरे, जो ख्रीष्ट हुनुहुन्थ्यो । मोशाले उजाड–स्थानमा सर्पलाई उचाल्दा चित्रात्मक रुपमा ख्रीष्टलाई उचालेको थियो (यूह. ३ः१४,१५; २ कोर. ५ः२१) ।
पद १०. हामीले गनगन गर्नुहुँदैन, जसरी तिनीहरुमध्ये कतिले गरे, र विनाशक नष्ट भएका थिए ।
कोरह, दातान र अबीरामले गनगन गरेको कारण पृथ्वीले तिनीहरुलाई निल्यो (गन्ती १६ः३१—३३) । त्यसैले हामी आपैmमा कहिल्यै घमण्ड गर्नुहुन्न किनकी हामी लड्न सक्छौँ (पद १२) ।
इस्राएलको इतिहासबाट आज हामी सिक्न सक्छौ कि हामी जे माग्छौँ त्यसको परिणाम भोग्छौँ (१यूह. ५ः१५) । असल कुराहरु माग्दा उहाँले सुन्नुहुन्छ र दिनुहुन्छ । तर पापको परिणाम भने मृत्यु हुन्छ । उदाहरणको लागि प्रभुको कचौरा अयोग्य रुपमा लिदा शारिरीक परिणाम भोग्नुपर्छ (१ कोर. ११ः२९–३०) । हननिया र सफिराले आफ्नो कर्मअनुसारको प्रतिफल पाए (प्रे. ५ः१—११) ।
तर हामी हाम्रा पापहरुबाट प्रतिदिन सुद्ध हुन आवश्यक छ । परमेश्वरको वचनले पानीले धोएर पवित्र पार्नुहुन्छ (एफि ५ः२६) । १ यूहन्ना १ः९ अनुसार हामीले आफ्ना पापहरु स्वीकार गर्दा उहाँले सबै अधर्मबाट सुद्ध पार्नुहुन्छ । पापहरु स्वीकार गर्नु इसाईको निम्ति साबुन पानीजस्तै हो जसलाई हामी प्रत्येक दिन प्रयोग गर्छौ ।

Leave a Reply