You are currently viewing अर्को सुसमाचार कस्तो हुन्छ ? – गलाती  १ः६-२१

अर्को सुसमाचार कस्तो हुन्छ ? – गलाती १ः६-२१

६. मलाई आश्चर्य लागिरहेछ, कि ख्रीष्टको अनुग्रहमा तिमीहरुलाई बोलाउनुहुनेलाई यति चाँडै त्यागेर तिमीहरु भिन्न सुसमाचारतिर लागिरहेछौ ।
७. वास्तवमा अर्को सुसमाचार छैन, तर यस्ता कोहीकोही छन्, जसले ख्रीष्टको सुसमाचारलाई भ्रष्ट पार्न खोज्दछन् ।

सत्यताबाट चाडै बहकिदा पावल अश्चर्यचकित भएको छ । तिनीहरु छुटकारा दिने ख्रीष्टको सुसमाचारबाट तर्किएर दासत्वमा पार्ने व्यवस्थातर्पm मोहित भएका थिए । एकपटक ख्रीष्टको अनुग्रह चाखिसकेपछि पनि फेरी व्यवस्थातर्पm ढल्किनु भनेको आपैmमा श्राप निम्त्याउनु हो । अनुग्रह र व्यवस्था दुवैलाई अपनाउन खोज्यो भने त्यो भिन्न र मिश्रित सुसमाचार हुन आउछ । यहाँ “भ्रष्ट” को अर्थ चलाकिपूर्ण जानिजानि बिगार्नु हो । यहि शब्द (मेटास्टे«फो )प्रेरित २ः२० र याकूब ४ः९ मा पनि प्रयोग छ ।

सुसमाचारको अर्थ असल खबर हो । परिश्रम गरेर ईश्वरलाई खुशी पार्न प्रयास गर्नु असल समाचार होइन । हामी ख्रीष्टको धार्मिकतामा भरोषा राख्दछौँ र परमेश्वरले हामीलाई ख्रीष्ट येशूको कारण स्वीकार गरिसक्नुभएको छ । विधिविधान पालन गरेर परमेश्वरबाट पुरस्कृत हुने चाहना आज पनि मानिसहरुमा छन् । सुसमाचारको सट्टा आज धेरै मानिसहरु आफ्ना असल कामहरु मानिसका सामु बताउने गर्छन् । वास्तवमा व्यसस्थाको उद्वेश्य मानिसलाई चुप गराउनु हो (रोम ३ः२०) ।

उत्पत्तिदेखी प्रकाशसम्म सम्पूर्ण धर्मशास्त्रमा ख्रीष्टको चित्रण देख्न सक्छौँ । उत ३ः१, उत २२ः१८, भजन ५१, यशै ५३ः५, यर २३ः६, जक १३ः७ जस्ता पदहरुमा अप्रत्क्ष रुपमा येशूको वर्णन गरिएको छ । उहाँको उद्वेश्य भनेको सम्पूर्ण युगमा आफ्नो अनुग्रहको असीम सम्पत्ति हामीलाई दिनु थियो, र यो मानिसबाट नभएर परमेश्वरको वरदान हो (एफि २ः७–९) ।

८. हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार ग¥यो भने पनि त्यो व्यक्ति श्रापित होस् ।

पतन भएका मानिसका निम्ति अनुग्रहबाट विश्वासद्वारा मुक्तिको सुसमाचार बाहेक अर्को कुनै सन्देश छैन । पावल कठोरताका सात व्यक्त गर्नुहुन्छ कि अर्को सन्देश ल्याउने श्रापित होस् । वास्तवमा सुसमाचार सुनाउन परमेश्वरले वर्तमान समयमा स्वर्गदूतहरुलाई सक्रिय जिम्मेवारी दिनुभएको छैन । तर स्वर्गदूतको भेषमा आउने दुष्ट आत्माले खराब सुसमाचार ल्याउन पनि सक्छ ।
साँचो सुसमाचारप्रति सवेंदनशील हुन अति नै महत्वपूर्ण छ किनकी यसमा जिवन र मृत्युको सवाल छ । पावलले यसलाई सहन गरेनन् ।

९. हामीले अघिदेखि नै भनेजस्तै म फेरी अहिले पनि भन्दछु, तिमीहरुले जुन सुसमाचार ग्रहण गरेका छौ, त्यसको विपरीत अरु कसैले तिमीहरुलाई प्रचार गर्दछ भने त्यो श्रापित होस् ।

‘श्राप’ शब्द दुईपटक पावलले दोहो¥याएका छन् । यस शब्दले पावलले प्रचारेको सुसमाचारको महत्व देखाउछ । संसारको कुनै पनि अलौकिक सन्देशभन्दा पनि श्रेष्ठ यस सुसमाचार छ । कसैको दर्शन वा अद्भुत ज्ञानले पनि वास्तविक सुसमाचारलाई मेट्न सक्दैन । हुन सक्छ कुनै व्यक्ति दान वरदानले भरिपूर्ण होला । अथवा कुनै व्यक्ति प्रतिष्ठा, अधिकार वा ज्ञानमा निपुण हुनसक्छ । तर जो कोही भएपनि प्रेरितहरुले प्रचारेको सुसमाबाट बाहिर जान्छ भने इन्कार गरिनुपर्छ । यस सुमाचारमा कसैले थप्न वा फेर्न सक्दैन । नता कुनै रकम वा धनले किन्न नै सकिन्छ । सुसमाचार पविर्तन गर्न खोज्ने हरेक श्रापित हुनेछ र व्यवस्थाद्वारा जिउन खोज्नेहरु त्यसमा असक्षम भएमा श्रापित हुनेछन् । सुसमाचारमा कुनै मानिसको योगदान छैन तर यो सम्पूर्ण रुपमा ख्रीष्ट केन्द्रित छ ।

१०. के म मानिसहरुको निगाह खोज्दैछु, कि परमेश्वरको ? अथवा के मैले मानिसहरुलाई खुशी पार्न खोज्दैछु ? यदि मैले अझै मानिसहरुलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्टको दास हुनेथिइनँ ।
पावलको सन्देश सबै मानिसलाई मन पर्दैनथ्यो । तसर्थ पावल कुनै व्यक्तिलाई खुशी पार्न लागेका थिएनन् । आज पनि संसारमा मुक्तिको बाटो एकमात्र छ भन्ने कुरा सबैलाई मन पर्दैन । यदि पावल मानिसको प्रशंसा खोज्दै हिडेको भए ख्रीष्टको सेवक भई काम गर्न सक्दैनथे ।
११. भाइ हो, तिमीहरुले यो जान भन्ने म चाहन्छु, कि मैले प्रचार गरेको सुसमाचार मानिसको सुसमाचार होइन ।
पावलले प्रचारेको सुसमाचार इश्वरीय प्रकाशबाट आएको थियो । मानिसको सुसमाचारको होइन भन्नुको अर्थ मानिसबाट उत्पन्न वा सृष्टि भएको होइन । नता उनले कुनै पुस्तक वा प्रेरितबाट पढेका वा सुनेका नै हुन् । पावलले सिधा ख्रीष्टबाट प्रकाश पाएका थिए ।
१२. किनकि मैले यो कुनै मानिसबाट पाएको होइनँ, न मलाई यो सिकाइएको थियो, तर येशू ख्रीष्टको प्रकाशद्वारा मैले यो पाएको हुँ ।
पावलको प्रेरितिय अधिकारमाथि धेरैले प्रश्न गर्दै थिए । उनी कसैबाट अभिषेक वा नियुक्त भएको थिएनन् । तर येशू ख्रीष्ट स्वयंमले सुसमाचारको निम्ति बोलाउनुभयो (प्रे. ९ः१–२२) । पावलले ख्रीष्टबाट प्रशस्त “प्रकाश” पाएका थिए । उदाहरणको लागि, प्रभु भोजको विषयमा उनले प्रभुबाट आज्ञा पाए (१ कोर. ११ः२३) ।
वास्तवमा पावलको प्रेरितयपनको साँचो योग्यता यहि थियो कि उनी कुनै नाम वा प्रतिष्ठाको पछि थिएनन् । उनको प्रकाश ख्रीष्टबाट थियो जसको लागि उनले आफ्नो पुरानो यहूदी धर्म त्यागे । पावल येशूका बाह्र चेलाहरुमध्येका थिएनन् । सायद ख्रीष्टले बेग्लै विशेष कामको निम्ति पाववलाई तयार गर्दै हुनुहुन्थ्यो । जुन सन्देश उनले प्रचार गरे त्यो अन्य प्रेरितहरुका भन्दा फरक थियो । उनको सन्देश अन्यजातिहरुका निम्ति थियो र यो मण्डली युगको निम्ति थियो जुन त्यस बेलासम्म रहश्यमय नै थियो । बाह्र प्रेरितहरुका सेवकाई खास गरी इस्राएलमा परमेश्वरको राज्यको विषयमा थियो । तर पावलको स्वर्गीय बोलावट ख्रीष्टको मण्डलीको निम्ति थियो । वास्तवमा पावल यहूदी मुलका भए तापनि अन्यजातिको नागरिकता (रोमी) थिए । आज ख्रीष्टको मण्डली पनि यहूदी र अयहूदी समस्त मिलेर एक शरीरको रुपमा बनेको छ ।

१३. यहूदी धर्ममा छँदा मेरो अघिको जीवनको विषयमा तिमीहरुले सुनेका छौ, कसरी मैले परमेश्वरको मण्डलीलाई भयानक रुपले सताएँ, र त्यसलाई नाश गर्न खोजे ।

आफ्नो यहूदी धर्ममा पावल ज्यादै जोशिला थिए । त्यो उनको निम्ति प्राणभन्दा प्यारो भइसकेको थियो । यहूदी विधिविदानमा तालिम प्राप्त र पोख्त व्यक्ति भइसकेका थिए । तर आफ्नै स्वइच्छामा मण्डली सताउने कार्यमा उनी सक्रिय भए । ख्रीष्टको अनुग्रहबाट परिवर्तन भएपछि विगतका जोश र लगाव सबै उनको निम्ति व्यर्थ भए । व्यवस्थाको विषयमा राम्रो अनुभव भए तापनि त्यसै विपरित अनुग्रहको सुमाचार सुनाउदा यस महत्वलाई देखाउछ ।
यहूदी धर्ममा यति धेरै तालिम प्राप्त भई जरा गाडिसकेपछि पनि त्यसलाई त्याग्न सक्नुको कारण यो सन्देश ख्रीष्टबाट आएकोले हो ।

१४. हाम्रा जातिमा, मेरा दौँतरकाहरु धेरैलाई उछिनेर म यहूदी धर्ममा अघि बढेको थिएँ, र मेरा पिता–पुर्खाको परम्परामा म ज्यादै जोशिलो थिएँ ।
पावल गमलिएलको चरणमा हुर्किए (प्रे ५ः३४; २२ः३) । यहूदीका निम्ति परम्परा भनेको सबैभन्दा महत्वपूर्ण कुरा थियो । आफ्ना पिता पुर्खाको परम्परा बिना तिनीहरुका अस्तित्व र पहिचान हुदैन्थ्यो । यहूदी प्रथा र परम्पराको कारण नै तिनीहरु संसारभन्दा फरक राष्ट्र थिए । तसर्थ त्यस बेला ख्रीष्टियनहरु तिनीहरुका निम्ति ठूलो चुनौती थियो । वास्तवमा धर्मकर्ममा भन्दा पनि बढी तिनीहरु परम्परामा नै बढी सवेंदनशील थिए । पावल पनि यस्तै चिनारी बोकेका व्यक्ति थिए ।
१५. तर, मेरो जन्म हुन अघि नै मलाई अलग गर्नुहुने, र आफ्नो अनुग्रहद्वारा मलाई बोलाउनुहुने परमेश्वरलाई,
यर्मियालाई गर्भमा हुँदै रच्नुभएझैँ पावलको जिवनमा पनि परमेश्वरको योजना थियो । उनले असल शिक्षा पाए र सानैदेखि त्यस बेलाको ग्रीक संस्कृतीमा हुर्के । उनले रोम राज्यको निति राम्रोसँग बुझेका थिए । यी सब गुणहरुलाई परमेश्वरले पावलको जिवनमा प्रयोग गर्नुभयो । आज पनि उहाँको योजना हरेको लागि उस्तै छ । उहाँका योजनाहरु उहाँको महिमाको निम्ति प्रत्येकको जिवनमा विशिष्ट छन् । त्यसैको निम्ति उहाँ हामीलाई बोलाउनुहुन्छ । पावलले भने, “मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीष्टको अनुसरण गर्दछु” (१ कोर ११ः१) ।
ख्रीष्टले आफ्नो अनुग्रहमा दमस्कसको यात्रामा पावललाई बोलाउनुभयो । आफ्नो कामको प्रतिफल पाएको भए सायद पावल तुरुन्तै नाश हुन्थे र नरक जान्थे । तर अनुग्रहद्वारा उहाँले सुसमाचारको निम्ति अलग्याउनु भयो ।
१६. जब अन्यजातिहरुका बीचमा उहाँको प्रचार गर्नलाई आफ्ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्यो, तब मैले कुनै मानिससँग केही सल्लाह लिइनँ,
परमेश्वरले पावलमा आफ्नो पुत्र प्रकट गराउने चाहना गर्नुभयो । उहाँको यहि सुन्दर उद्वेश्य आज पनि प्रत्येकको जिवनमा राख्नुहुन्छ । ताकि हामी येशू ख्रीष्टको प्रतिनिधि गर्न सर्कौँ र हामीद्वारा ख्रीष्ट प्रकट होओस् ।
१७. न त मभन्दा अघि प्रेरित हुनेहरुकहाँ म यरुशलेममा गएँ, तर तुरुन्तै अरब देशमा गएँ, र पछि दमस्कसमा फर्केर आएँ ।
पावल तुरुन्तै सेवाकाईमा संलग्न भएनन् तर केही वर्ष एकान्त समय बिताए । परमेश्वरका हरेक जन उहाँसँगको समय बताउनुपर्छ । मोशा प्रभुबाट चलाइनु भन्दा पहिले चालिस वर्षसम्म उजाड–स्थानमा रहे । दाऊद यहूदियामा भेडाबाख्रा चराउदा परमेश्वरसँग समय बिताउदँथे ।
१८. तब तीन वर्षपछि केफाससँग भेट गर्न म यरुशलेममा गएँ, र उनीसँग पन्द्र दिनसम्म बसेंं ।
पावल कोही व्यक्ति वा प्रेरितसँग जोडिएको थिएन र त्यस बेलाका मण्डलीले पावललाई खासै चिन्दैनथे । यहूदियाको मण्डलीमा पनि तिनि अपरिचित नै थिए (पद २१) । तीन वर्षपछि केवल पत्रुस र याकूबलाई मात्र भेटे । यस कुराले पुष्टि गर्छ कि पावलको सन्देश कसैबाट नभएर ख्रीष्टबाट आएको हो । तीन वर्षसम्म अरबको मरुभुमिमा पावलले ख्रीष्टबाट सिके । यो भूमी त्यही क्षेत्र हुनसक्छ जहाँबाट मोशाले परमेश्वरबाट व्यवस्था पाए । अहिले त्यही क्षेत्रबाट पावलले परमेश्वरबाट अनुग्रहको सुसमाचार प्राप्त गरेको छ ।
प्रेरित पत्रुसले पावललाई भेटेपछि प्रेतिककै दर्जामा हेरे र उनको प्रेरितियपनमा प्रश्न गरेनन् । सायद पन्ध्र दिनसम्म पत्रुसले पावललाई धेरै कुराहरु भने होलान् । यो पावलको व्यक्तिगत भेट थियो ।
१९. तर प्रभुका भाइ याकूबलाई बाहेक अरु कुनै प्रेरितलाई मैले भेटिनँ ।
यहाँ उल्लेखित याकूब येशूका बाह्र चेलाहरुमध्येको थिएनन् । तिनी येशूका भाइ थिए जसले याकूूबको पत्र पनि लेखे । यहाँ तिनलाई पनि प्रेरित भनिएको छ । यूहन्नाको दाजु याकूब तरवारले काटिएर मारिएको थियो ।
२०. परमेश्वरको सामु म तिमीहरुलाई विश्वास दिलाउन चाहन्छु, कि म जे लेख्दछु त्यो झूटो होइन ।
२१. त्यसपछि म सिरिया र किलकियाका इलाकातिर गएँ ।

त्यस बेलासम्म यहूदियाका मण्डलीले पावललाई चिनेका थिएनन् । विश्वासीहरु अझैँ पनि पावलसँग डराउदथे । तिलनाई मण्डलीको सामु चिनाउन बारनाबासको ठूलो भुमिका छ । पावलको परिवर्तन देखेर सिरियाका विश्वासीहरुले परमेश्वरलाई महिमा दिए ।

Leave a Reply