You are currently viewing अन्यजातिहरुका निम्ति पावलको बोलावट (गलाती २ः १-१०)

अन्यजातिहरुका निम्ति पावलको बोलावट (गलाती २ः १-१०)

पत्रुस लगायत अन्य प्रेरितहरुद्वारा परमेश्वरको राज्यको सुसमाचार विशेष गरी यहूदीहरुमा वृहत रुपमा पैmलिदै गयो । तर विरोध तिव्र हुदै जाँदा फलस्वरुप स्तिफनसलाई ढुङ्गा हानी मारियो (प्रे ७) । त्यसपछि सुसमाचार सामरीयामा हुदै (प्रे ८) अन्यजातिहरुमा पनि पुग्यो (प्रे ९) । यहि घटनाक्र बीचमा पावलको जिवन परिवर्तन हुँदछ । त्यस बेलासम्म विश्वव्यापी मण्डली भन्ने कुरा रहश्यमय नै थियो । यस विषयमा भएको विवाद यरुशलेमको परिषदमा समाधान भएपनि यहूदी मत मान्ने कतिपय झूटा शिक्षक गलातीयाका मण्डलीलाई निरन्तर सताइनै रहे । पावलले प्रचार गरेको सुसमाचार विश्वसद्वाराको धर्मीकरण थियो जसलाई तिनीहरुले घृणा गरे ।

वास्तवमा हामी व्यवस्थाप्रति प्रतिपद्ध भई त्यसका प्रतिज्ञाहरुमा जिउन सक्दैनौ । नता हामी परमेश्वरलाई नै कुनै प्रतिज्ञा गर्न सक्छौँ, तर उहाँका प्रतिज्ञाहरुमा विश्वास गरेर मात्र जिउन सक्छौं । मोशाको व्यवस्थालाई इन्कार वा वेवास्ता गर्न सकिदैन किनकी यो पूर्ण, सिद्ध र महिमामय छ । तर यस सिद्ध मार्गबाट हामी परमेश्वरकहाँ जान सक्दैनौ ।

डा. अर्ल रेडमेसराक अनुसार मुक्तिको तीन पक्षहरु छन् । “म बचाइए, म बचमइएको छु, र म बचाइने छु ।” धर्मीकरण भनेको ख्रीष्टको कार्यमा विश्वास राखेर पाइने परमेश्वरबाटको अनन्त जिवन हो (यूह ३ः१८, ५ः२५; एफि २ः५,८) । यो विगतमा एकपटक र सदाको लागि भइसकेको छ । यसले पापको परिणामबाट मुक्त गराउँछ । सुद्धिकरण भनेको दैनिक प्रक्रिया हो जुन इसाईको काम र विश्वासमा प्रकट हुँदछ । यो वर्तमान समयमा भइरहने घटनाक्रम हो । यसले पापको शक्तिबाट मुक्त गराउँछ । महिमीकरण भनेको पुनरुत्थानपछिको परिणमा हो जहाँ विश्वासीहरुका कामको फलस्वरुप प्राप्त हुने महिमा हो । यो भविष्यमा हुने प्रक्रिया हो । यसले पापको उपस्थितबाट नै मुक्त गराउछ ।

१ चौध वर्षपछि बारनाबाससँग तीतसलाई साथमा लिई म फेरि यरुशलेम गएँ ।
बारनाबास पत्रि आत्माको भरिपूर्ण भएको असल व्यतिm थिए (प्रे ११ः२४) । उनले नै पावललाई टार्ससबाट एन्टिओखियामा सुसमाचारमा ल्याएका थिए । टार्सस आधुनिक टर्कीमा पर्दछ । यरुशलेमबाट फर्केपछि पावल आफ्नै ठाउ टार्ससमा करीब सात वर्ष बिताए । त्यहाँ उनले सम्भवत पाल बुन्ने काम गर्दै परमेश्वरबाट उचित समयको प्रतिक्षा गर्दै थिए । त्यसपछि तिनी बारनाबासँग सलंग्न भए । यहाँ ‘चोध वर्षपछि’ भन्ने शब्दमा अनिश्चय छ, पावलको परिवर्तपछिको समय वा यरुशलेम भ्रमणपछिको समय भन्ने विषयमा अन्योल छ । जे भए तापनि तिनले आफ्नो धेरै समय परमेश्वरसँग बिताए । तिनी तुरुन्तै प्रज्वलित भएर सेवकाईमा लागेनन् तर परमेश्वरको उचित समय प्रतिक्षा गरे ।
यहाँ पावल आफ्नो सुसमाचारमा अनिश्चित भएर वा प्रेरितहरुबाट स्वीकृत हुन यरुशलेम गएका होइनन् । तर ख्रीष्टको सुसमाचार नै धरापमा पर्न गएकोले तीतसलाई लिई गए । तीतस पावलको प्रचारमा परिवर्तन भएको एक अन्यजाति थिए । यहाँ यहूदीहरुले खतनालाई प्रमुख विषय मानेकोले यस विषयमा छलफल गर्न पावल शाक्षी लिई गए ।

२. ईश्वरीय प्रकाश पाएअनुसार म गएँ, र तिनीहरुका सामुन्ने त्यही सुसमाचार राखें, जो म अन्यजातिहरुलाई प्रचार गर्दछु । तर अगुवाझैँ देखा पर्नेहरुका सामुन्ने मैले यो एकान्तमा प्रस्तुत गरे, ताकि मैले जो दौड दौडें वा दौडिरहेको छु, त्यो व्यर्थ नहोस् ।
परमेश्वरबाट निश्चित निर्देशन नपाएसम्म पावल यरुशलेम गएनन् । उनले मण्डलीमा कुनै विभाजन वा भाडभैलो नचाहेको हुनाले एकान्तमा अगुवाहरुकहाँ गए । तिनीहरु आफ्ना जाति वा धर्मप्रति कट्टर थिए । तिनीहरु अन्य जातिलाई भेदभाव गर्थे र कुदृष्टिले हेर्थे । वास्तवमा पत्रुस पनि कहिल्यै अन्यजातिकहाँ प्रचार गर्न इच्छुक भएनन् यद्धपि परमेश्वरको प्रकाशद्वारा तिनी वाध्य भए ।
तसर्थ आफ्नो सुसमाचारको वास्तविकता व्यक्त गर्न र अनाश्यक विभाजन हुन नदिन पावल गोप्य रुपमा भेटे । किनकी मण्डली विभाजन पावलको उद्वेश्य थिएन नत्रता तिनको दौड व्यर्थ हुनेथ्यो ।

३. तर मेरो साथमा हुने तीतसलाई ग्रीक भए तापनि खतना हुनुपर्छ भनेर कसैले कर लाएन ।
यहूदी हुने एक महत्वपूर्ण प्रक्रिया खतना थियो । खतना यहूदीहरुले मान्ने समान्य रिति मात्र थिएन । तर यसपछि पालना गर्नुपर्ने समस्त यहूदी प्रथा यसमा जोडिएको थियो । व्यवस्थापालन आवश्यक छ वा छैन भन्ने विषयमा बहस गर्न तीतसलाई शाक्षी लिएर यरुशलेममा छलफल भयो । अन्तमा मुक्तिको निम्ति खतना आवश्यक छैन भन्ने कुरा निष्कर्ष भयो र प्रेरितहरु पावलको पक्षमा भए ।
कतिपय विज्ञका भनाईअनुसार तीतस लूकाका आफ्नै भाई थिए, जसले लूका र प्रेरितको पुस्तक लेखे । त्यसैले प्रेरित १५ मा भएको विवादमा उनको नाम उल्लेख छैन ।

४. खतनाको यो कुरा उठ्यो, किनकी कति झूटा भाइहरु हाम्रो दलभित्र गुप्त रुपमा पसिकन ख्रीष्टमा भएको स्वतन्त्रताको चेवा गरी हामीलाई बन्धनमा ल्याउन चाहन्थे ।
पावल खुल्लमखूल्ला झूटा भाइहरुकामाझ बहस गर्नु भनेको आगोमा दाउरा थप्नुसरह मात्र हुनेथ्यो । तिनीहरुका उद्वेश्य भनेको मानिसलाई व्यवस्थाको भारी बोकाएर दास बनाउने थियो । यस्तो विनाशकारी शिक्षकहरु यरुशलेमबाट आई गोप्य रुपमा एन्टिओखमा प्रवेश गरेका थिए ।
व्यवस्थाको प्रथाहरुमा संलग्न गराउन आज पनि मानिसहरु लागिरहन्छ । धेरै मानिसहरु सोच्ने गर्छन् कि पावलको अनुग्रहको सुसमाचारले गर्दा मासिनहरु लापरवाही हुन्छन् । धेरैले पावलको सन्देशलाई उल्टापुल्टा पारी पाप गर्ने बाहना पनि बनाए (२ पत्र ३ः१६) । यसबारे सतर्क रहन पत्रुसले चेतावनी पनि दिएका छन् । वास्तवमा अनुग्रहद्वारा हामी झन असल कामहरु गर्न सक्षम हुन्छौँ । हामी ठीक बेठीक भन्दा पनि परमेश्वरलाई प्रसन्न पार्ने कुरामा केन्द्रित हुँदछौ ।

५. सुसमाचारको सत्यता तिमीहरुका लागि सुरक्षित रहोस् भनेर तिमीहरुका सामुन्ने एकै पलका निम्ति पनि झुकेनौं ।
पावल सत्यको सुसमाचारका अडान लिइरहे । यदि पावलले त्यस बेला यस्तो अडान नलिएको भए सायद आज ख्रीष्टियन भनेको केवल यहूदीहरुको एक धर्मको रुप मात्र हुनेथियो । यसको निम्ति पावल र बारनाबास नझुकी संघर्ष गरीरहे ।

६. प्रतिसिष्ठत देखा पर्ने व्यक्तिहरु जो थिए — र तिनीहरु जस्ता भए तापनि मलाई त केही फरक पर्दैन, परमेश्वरले मानिसको पनपक्ष गर्नुहुन्न — यिनीहरुले मेरो सन्देशमा केही थपिदिएनन् ।
तिनीहरुले पावलको सन्देशलाई स्वीकार गरे र त्यसमा केही पनि थपेनन् । यद्धपि पावलले तिनीहरु कसैबाट पनि सिकेका वा पढेका थिएन । तर उनले प्रचार गरेको सुसमाचारमा कुनै खराबी नभएकोले तिनीहरुले सहर्ष स्वीकार गरे । “मलाई केही फरक पर्दैन” भन्नुको अर्थ पावलले तिनीहरुलाई तुच्छ ठानेको होइन तर तिनीहरु पनि ख्रीष्टका समान सहकर्मीहरु हुन् भनेका हुन् । पावलमा भन्दा तिनीहरुमा बढी अधिकार छ भन्ने खोजिएको छैन तर परमेश्वरमा सबै समान छन् ।
आज पनि मण्डलीमा कतिपय मानिसहरु म कोही भनी प्रतिसिष्ठत ठान्छन् । तर मानिस जतिसुकै भइङ्कर भएपनि परमेश्वर त्यसद्वारा प्रभावित हुनुहुन्न । परमेश्वरको दृष्टीमा हामी सबै उति नै समान छौँ । संसारले दर्जा वा ओहोदा छुट्याउने गर्छ, अथवा पदको आधारमा मानिसको श्रेष्ठता छुट्याउने गर्छ । तर धेरैपटक हामी आपैmलाई परमेश्वरबाट उपेक्षित वा मुल्यहिन मान्ने गर्छौँ । तर हामीले अन्य व्यक्ति वा सेवाकाईसँग तुलना गरेर आपैmलाई कमजोर वा तुच्छ ठान्नुहुन्न । किनकी परमेश्वर सबैलाई समान प्रेम गर्नुहुन्छ ।

७. तर झन् उल्टो, तिनीहरुले देखे, कि बेखतनाहरुलाई सुसमाचार प्रचार गर्ने अभिभारा मलाई दिइएको थियो, जसरी खतनाहरुलाई अभिभारा पत्रुसलाई दिइएको थियो ।
तिनीहरुले महसुस गरे कि मण्डली यहूदीहरुमा मात्र सिमित नभएर फराकिलो छ । जसरी पत्रुस यहूदीहरुका निम्ति पठाइएको थियो त्यसरी नै पावललमा अन्यजातिहरुका निम्ति इश्वरीय निगाह थियो । तिनीहरु दुवैले एउटै सन्देश भिन्न राष्ट्रहरुमा प्रचार गरे । वास्तवमा तिनीहरुका कुनै विवाद वा भिन्नता थिएन ।
आजको मण्डलीमा पनि धेरै विविधता छ । भौगोलिक स्थानका अनुसार गरिने आराधना शैली, भेषभूषा र संस्कृतीमा फरक भए तापनि परमेश्वर एकै हुनुहुन्छ । तसर्थ हामीले एउटाले अर्काभन्दा भन्दा श्रेष्ठ ठान्नुहुन्न । परमेश्वरसँगको सम्बन्ध वा आत्मियता मापन गर्ने अधिकार हाम्रो हातमा छैन । परमेश्वर हृदय हेनुहुन्छ । हामीले हाम्रा हृदयको जाँच गर्नुपर्छ र बाहिरी रुपको मात्र तुलना गर्नबाट पन्छिनुपर्छ ।

८. परमेश्वर, जसले पत्रुसको प्रेरितपनद्वारा खतनाकाहरुका बीचमा काम गर्नुभयो, मद्वारा पनि अन्यजातिहरुका बीचमा काम गर्नुभयो ।
पावल र पत्रुसमा काम गर्नुहुने पवित्र आत्मा एकै हुनुहुन्थ्यो । सुरुका मण्डलीमा पत्रुसद्वारा परमेश्वरले अदभुत र आश्चर्यपूर्ण कामहरु गर्नुभयो । त्यसै गरी अन्यजातिहरुकहाँ पनि पावलद्वारा अचम्मको कामहरु गर्नुभयो ।

९. याकूब, केफास र यूहन्ना, जो मण्डलीका खम्बाहरु थिए, तिनीहरुले ममाथि भएको अनुग्रह थाहा पाएपछि मलाई र बारनाबासलाई सङ्गतिको दाहिने हात दिए ।
केफास पत्रुसको सुरुको नाम थियो जसलाई प्रभुले पविर्तन गर्नुभयो । वास्तवमा पावलको दृष्टमा यहूदीहरु र अन्यजातिहरु परमेश्वरको दृष्टीमा समान थिए । मण्डलीको खम्बा वा जोसुकै भए पनि एकभन्दा अर्को आत्मिक रुपमा श्रेष्ठ हुदैनन् ।
१०. केवल उनीहरुको यही इच्छा थियो, कि गरीबमाथि हाम्रो सम्झना रहोस् । त्यसो गर्न म पनि उत्सुक थिए ।
त्यस समय यरुशलेमको मण्डलीमा धेरै सतावट थियो । त्यसैले त्यहाँका विश्वासीहरु आर्थिक रुपमा गरीब भएकाले पावलले भेटी सङ्कलन गरी पठाएका थिए ।

This Post Has One Comment

  1. Joshua

    Praise the Lord !

Leave a Reply